वैशाख २४ गते बुटवलमा काँग्रेसका शीर्ष नेताहरुले चुनावी सभालाई सम्बोधन गर्ने

39
biddhut

काठमाडौं ।   प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुले देशका विभिन्न जिल्लामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ । एकै चरणमा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि ती सभा आयोजना गरिएका हुन् ।प्रधानमन्त्री एवम् काँग्रेस सभापति देउवाले आठ जिल्लाका सभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक भएको छ ।

वैशाख २१ देखि २७ गतेसम्म देशका विभिन्न जिल्लामा हुने चुनावी सभालाई प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, वैशाख २१ गते बुधबार मोरङको विराटनगरमा हुने सभालाई सभापति देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री शर्मालगायतका अन्य नेताहरुले सम्बोधन गर्नुहुनेछ ।

dengu 3 1

त्यस्तै, वैशाख २२ गते बिहीबार चितवनको भरतपुरमा हुने सभालाई सभापति देउवा, नेता पौडेल र सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले सम्बोधन गर्नुहुनेछ । वैशाख २३ गते शुक्रबार काठमाडौंमा हुने चुनावी सभालाई पनि उहाँहरुले सम्बोधन गर्नुहुने छ । यसैगरी, वैशाख २४ गते शनिबार रुपन्देहीको बुटवल, तनहुँको दमौली, धनुषाको जनकपुरमा चुनावी सभा हुने छन् । त्यस्तै, वैशाख २५ गते आइतबार कास्कीको पोखरा, दाङको तुलसीपुर र २६ सोमबार कैलालीको धनगढीमा तथा २७ गते मङ्गलबार डडेल्धुरामा चुनावी सभा हुने छन् ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.