उपत्यकाका स्थानीय तहमा दलित महिला सदस्य : २६ वटा खाली, १६ वटामा निर्विरोध

40
biddhut

, काठमाडौं । काठमाडौं उपत्यकाका २१ स्थानीय तहका २६ वटा वडामा दलित महिला सदस्य खाली हुने भएको छ । ती वडामा कसैले पनि प्रतिस्पर्धा गरेका छैनन् । दलहरुले दलित महिला सदस्य उम्मेदवार खडा गर्न नसक्दा ती वडाहरु दलित महिला प्रतिनिधित्वविहीन बनेको छ ।उपत्यकाका स्थानीय तहका १६ वटा वडामा एकजनाका दरले मात्रै प्रतिस्पर्धा हुँदा दलित महिला सदस्यहरु निर्विरोध निर्वाचित हुने निश्चित भएको छ । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदा उनीहरु आ–आफ्नो वडामा एक्लै छन् । उनीहरु निर्वाचित भएको घोषणा गर्न भने बाँकी छ ।

काठमाडौं महानगरपालिका

dengu 3 1

काठमाडौं महानगरपालिका –१८ मा एमालेबाट अम्बिका सुनार निर्विरोध भएकी छन् । २२ मा एमालेबाट गिता परियार र २३ मा कांग्रेसबाट कञ्चना हरिजन निर्विरोध भएका छन् ।वडा नम्बर २७ मा एमालेबाट प्रभा परियार निर्विरोध भएकी छन् । काठमाडौं–२४ र २५ नम्बर वडामा कसैले पनि महिला वडा सदस्यमा उम्मेदवारी दिएनन् ।

पाँचवटा नगरपालिकामा सीमित प्रतिस्पर्धा

कीर्तिपुर नगरपालिका–८ मा एमालेबाट सरस्वती परियार र १० बाट माओवादी केन्द्रकी मञ्जु परियार निर्विरोध भएका छन् । १ नम्बर वडामा कसैले पनि उम्मेदवारी दिएनन् ।दक्षिणकाली नगरपालिकाको ३ र ७ वडामा कसैको पनि प्रतिस्पर्धा छैन भने नागार्जुन नगरपालिका–४ मा कांग्रेसकी शोभा नेपाली निर्विरोध भएकी छन् ।टोखा नगरपालिका–२ मा कांग्रेस उम्मेदवार लक्ष्मी हिङमाङ निर्विरोध हुँदा शंखरापुर–२ मा माओवादी केन्द्रकी मनिषा परियार निर्विरोध भएकी छन् । ८ नम्बर वडामा कोही पनि प्रतिस्पर्धी छैनन् ।

पाँचवटामा मात्रै पूर्ण प्रतिस्पर्धा

काठमाडौंको ११ मध्ये ५ वटा नगरपालिकामा मात्रै सबै वडामा दलित महिला सदस्यहरुको प्रतिस्पर्धा रहेको देखिन्छ ।चन्द्रागिरी, तारकेश्वर, बूढानीलकण्ठ, गोकर्णेवर र कागेश्वरी मनहरामा मात्रै सबै वडामा प्रतिस्पर्धा छ ।

भक्तपुर पनि उस्तै

भक्तपुरको मध्यपुर–४ मा कोही पनि प्रतिस्पर्धामा छैनन् । ५ मा लक्ष्मी देउला कांग्रेसबाट निर्विरोध भएकी छन् ।भक्तपुर नगरपालिका–१, २, ३, ४, ७, ८ र ९ मा दलित महिला सदस्य उम्मेदवार बनेनन् । वडा नम्बर ५ मा नेपाल मजदुर किसान पार्टीबाट सरिना द्योला निर्विरोध भएकी छन् ।वडा नम्बर १० मा नेमकिपाबाट नै विष्णुमाया कामी निर्विरोध भएकी छन् । सूर्यविनायक–३ मा कोही उम्मेदवार छैनन् । चाँगुनारायण नगरपालिकाका सबै वडामा महिला दलित सदस्यको प्रतिस्पर्धा छ ।

ललितपुर महानगरपालिका

ललितपुर महानगरपालिकाका १० वटा वडामा दलित महिला सदस्य पद खाली छ । ललितपुर महानगरपालिकाको १, ६, ७, ८, १२, १६, १७, २१, २६ र २७ नम्बर वडामा दलित महिला वडा सदस्यमा कसैको उम्मेदवारी परेन । वडा नम्बर ११ मा एमालेबाट सचिना परियार निर्विरोध भएकी छिन् । ललितपुरको गोदावारी र महालक्ष्मी नगरपालिकाका सबै वडामा प्रतिस्पर्धा छ ।ललितपुरको महांकाल गाँउपालिका–१ मा दलित महिला सदस्य पद खाली छ । बागमती गाउँपालिका–१ मा कांग्रेसकी संगिता नेपाली निर्विरोध भएकी छन् ।कोञ्ज्योसोम गाउँपालिका–१ मा एमालेबाट कृष्णकुमारी नेपाली र ४ मा माओवादी केन्द्रबाट सपना मंग्राती निर्विरोध भएकी छन् ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.