नेपाली कांग्रेसका कृयासिल सदस्य देखी साधारण सदस्य सम्म उम्मेद्धार हुन

23

पकडी : स्थानीय तहको निर्बाचनामा कुनै एक व्याक्तिले पार्टीबाट निर्बाचन लडन टिक प्राप्त गरेता पनि पार्टीका सम्पुर्ण कृयासिल सदस्य देखी लिएर साधारण सदस्य सम्म पार्टीका उम्मेद्धार भएको नेपाली कांग्रेसका नेताहरुले बताएका छन् ।
नेपाली कांग्रेस मायादेवी गाउँपालिकाको निर्वाचन प्रचार प्रसार कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै नेताहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य एंव सांसद अतहर कमालले पार्टीको सम्पुर्ण पंक्ति निर्बाचनमा सकृयताका साथ होमिनु पर्ने बताए । उनले टिकट वितरणको विषयलाई लिएर कार्यकर्ताहरुमा नेताहरुसंग केही असन्तुष्टि रहेता पनि निर्बाचनमा अर्को कार्यकर्ता माथि देखाउनु ठूलो मुर्खता हुने बताए । उनले भने सो विषयमा नेताहरुसंगै बसेर छलफल गरि समस्याको समाधान गरेर पार्टीलाई एक ढिक्का बनाएर लैजानुको विकल्प नरहेको बताए ।
नेता कमालले मायादेवी गाउँपालिकामा पाँच बर्ष नेपाली कांग्रेसको नेतृत्व नंहुदा व्यापक भष्ट्राचार अनियमिता तथा विकास निमार्णमा समेत बिभेद भएकोले समान विकास, न्यायको लागि कांग्रेसलाई जिताउनु पर्ने बताए ।
यसै गरि कार्यक्रममा बोल्दै पूर्व पार्टी सभापति कमलेश शर्माले निर्बाचनको पर्वमा सबै कांग्रेसका सदस्यहरु उम्मेद्धार भएकोले रुख चिन्ह र चार तारे झण्डा बोकेर उत्साहका साथ निर्बाचनमा होमिन कार्यकर्ताहरुलाई अपिल गरे । उनले न्याय र विकासको लागि कांग्रेसको विकल्प नरहेको बताए । सो कार्यक्रममा बोल्दै पार्टीका पूर्व सभापति राजेश आचार्यले मायादेवी गाउँपालिका ५ बर्षमा ठूलो रकम अपचलन भएको बताउदै भद्र एंव ईमान्दार नेताको छवीको बनाएका नेता वलीउद्दिन मुसलमानलाई जिताउनु पर्ने बताए । उनले निर्बाचनमा सबै कार्यकर्ताहरुलाई एक भएर लाग्न अपिल गरे ।
यस्तै पार्टीका पूर्व आमन्त्रित केन्द्रिय सदस्य एंव जिल्ला नेता राजेश सिंहले मायादेवी गाउँपालिकामा कांग्रेसले जितको झण्डा राखी सकेको हुंदा समान विकासको लागै सम्पुर्ण वडाहरु जित्न पार्टी एक जुट भएर लाग्नु पर्ने बताए । उद्दघाटन कार्यक्रममा बोल्दै पूर्व पार्टी सचिव सुरेश शर्माले एकले अर्कालाई सम्मान गर्दै अन्तरद्धन्द्ध कम गरेर निर्बाचनमा होमिन पर्नु बताए ।
यस्तै कार्यक्रममा बोल्दै पुर्व क्षेत्रिय सभापति लोकनाथ शर्माले पार्टीको मायादेवी गाउँपालिकाको समान विकासको लागि वलीउद्दिनलाई जिताउन् पर्ने बताए ।

dengu 3 1


स्थानिय तहको निर्बाचनलाई लक्षित गरि प्रचार प्रसार कार्यालयको स्थापना गरिएको नेपाली कांग्रेसका गाउँपालिका सभापति शैलेन्द्र दुवेले जानकारी दिएका छन् ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.