कपिलवस्तुको निर्वाचनमा एकै परिवारका सदस्य बीच प्रतिस्पर्धा

38

कपिलवस्तु । कपिलवस्तुको चुनावी अभियानमा एकै परिवारका सदस्य बीच विभिन्न पार्टीवाट कडा प्रतिस्पर्धाहुने भएकोछ । १२ बैशाखमा भएको उम्मेदवारी दर्ताको प्राप्त प्रारम्भीक विवरण अनुसार कृष्णनगर नगरपालिकामा कांग्रेसका तर्फवाट मेयर रजत प्रताप शाह र एमालेका तर्फवाट मेयर कुनाल प्रताप शाह बीच कडा प्रतिस्पर्धा हुने भएको हो । उहाहरु सहोदर काका भतिजा हुनु हुन्छ । यसैगरी बाणगंगाको वडा नं ७ मा पनि सहोदर २ भाई चुनावी टक्करमा होमिएका छन् । मोतिपुरका पूर्ब गाविस अध्यक्ष समेत रहेका नेत्र गिरीले जनता समाजवादीवाट र निवर्तमान वडाध्यक्ष विष्णु गरीले एमालेवाट उम्मेदवारी दर्ता गराएपछि टक्कर हुने भएको हो ।
यता लामो समय बृजेश कुमार गुप्तासंग राजनितिक सामिप्यता राखेका सुदिप पौडेल र सुनिता गुप्ताले उनको साथ छाडेर कपिलवस्तु नगरमा जसपावाट मेयर र उपमेयरको उम्मेदवार बने । पाँच दलिय गठबन्धन असफल भएपछि कपिलवस्तुको वाणगंगामा मोओवादी ,एकिकृत समाजवादी , जनमोर्चा र जसपाको चारदलिय गठबन्धन वनेर मेयरमा देवराज अर्याल र उपमेयरमा कमल भटराइले उम्मेदवारी दिने गरी एकाएक राजनीतिमा उदाए ।

b 4
Leave A Reply

Your email address will not be published.