काग्रेस छाडेका थापाले राप्रपाबाट शिवराजको मेयरमा उम्मेद्वारी

17
biddhut

बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस ले टिकट नदिने भए पछी सोमबार पार्टी परित्याग गरेका चन्द्रौटा क्षेत्रका युवा नेता अजय थापाले शिवराज नगरपालिकामा राप्रपा बाट मेयरको टिकट पाएका छन् । दलबलसहित थापाले सोमबार राप्रपाबाट मेयर पदमा उम्मेद्वारी दिएका छन् । पार्टी परित्याग गरे लगत्तै राप्रपामा प्रवेश गरेका उनले शिवराज नगरपालिकामा मेयरको टिकट पाएका छन् ।उप-मेयरमा भने राप्रपाबाट विपसा थारुले उम्मेद्वारी दिएकी छिन् ।

dengu 3 1

स्थानीय तह ०७४ सालको निर्वाचनमा पनि थापा राप्रपाबाट मेयरमा चुनाव लडेका थिए । उनी पराजित भए लगत्तै मंसीरमा भएको संघ र प्रदेशको निर्वाचनमा थापा कांग्रेस प्रवेश गरि प्रदेश सभा सदस्यको टिकट पाएका थिए । वामगठन्धनको रुझानका बीच प्रदेश सांसदमा पनि पराजित बनेका थापा पछिल्लो समय कांग्रेसको राजनीतिमा सक्रिय थिए । तर, कांग्रेसले मेयरमा टिकट नदिए पछि थापाले फरक पार्टी रोजेका हुन् ।शिवराजमा कांग्रेसले मेयरमा हुमाकान्त खनाल र उप-मेयरमा शारदा रायमाझीलाई उठाएको छ ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.