कांग्रेसले टुङ्गायो कपिलवस्तुका ४ पालिकाका उम्मेद्वार

18
biddhut

कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुले ४ वटा गाउपालिकाको प्रमुख र उप प्रमुखको नाम टुंगोे लागएको छ । चन्द्रौटामा भएको बैठक पछि सुद्धोदन, मायादेबी बिजयनगर र यशोधरा गाउपालिका प्रमुख र उप प्रमुखको नाम टुंगो लागेको कांग्रेसका जिल्ला प्रबक्ता ईश्वरी पाण्डेयले जानकारी दिए । मायादेबी गाउपालिको प्रमुखमा वलीउद्दीन मुसलमान र उप प्रमुखमा सरस्वती यादव, सुद्धोदन गाउपालिकाको प्रमुखमा रामनयन यादव र उप प्रमुखमा सुधादेबी पाण्डेय बिजयनगर गाउपालिको प्रमुखमा रफिक मुसलमान र उप प्रमुखमा निशा थारुले टिकट पाएका हुन । यस्तै यशोधरा गाउपालिकामा अनुप पाण्डेय प्रमुख र प्रेमलता भट्टा उप प्रमुखमा टिकट पाएका छन । यस अघि पनि उम्मेदवार बनेको बलीउद्दीन थारै मतले मात्र पराजित भएका थिए । यस्तै यस अधि मधेसी जन अधिकार फोरमबाट लडेका रामनयन यादव पनि झिनो मतले चुनाव हारेका थिए । सुधादेबी पाण्डेय भने यस अघिको निर्वाचनमा उप प्रमुखमा निर्वाचित भएकी थिईन ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.