ललितपुर महानगरमा एकीकृत समाजवादीले तोडेयो गठबन्धन

16
biddhut

काठमाडौँ   स्थानीय तह निर्वाचनका लागि ललितपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट बाहिरिँदै नेकपा एकीकृत समाजवादीले मेयर र उप मेयरमा उम्मेदवारी घोषणा गरेको छ । नेकपा एकीकृत समाजवादीले ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण थापा र उप मेयरमा उषा बज्राचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । थापा ललितपुर जिल्लाका अध्यक्ष हुन् भने बज्राचार्य उपाध्यक्ष हुन् ।

dengu 3 1

‘जिल्लाका स्थानीय तह बाँडफाँटमा बेवास्ता गरियो । त्यसैले गठबन्धन ब्रेक गरेका छौं’ एकीकृत समाजवादीका जिल्ला सहइन्चार्ज अमृत तिमल्सिनाले भने, ‘हामीले गठबन्धबाट बाहिरिने निर्णय गरेका छौं । ललितपुर महानगरपालिकामा मेयर तथा उप मेयरमा उम्मेदवार चयन गरेका छौं ।’ यसअघि समाजवादीले महाकाल गाउँपालिका र महालक्ष्मी नगरपालिकाका प्रमुख पाउनु पर्ने माग गर्दै आएको थियो । ‘कांग्रेस र माओवादीले एकपक्षीय रुपमा सहमति गरेका छन् । त्यसले मात्रै नभएर जसपा र राजमोले पनि विरोध गरेका छन् । ’समाजवादीले दाबी गर्दै आएको महालक्ष्मी नगरपालिका कांग्रेस र महाकालको प्रमुख माओवादीले लिने दुई दलबीच सहमति भएपछि समाजवादीले आफ्नो उम्मेदवारी दिने भएको हो ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.