बाणगंगामा कांग्रेसले ७ वटा वडामा उम्मेद्वारको टुंगो लगायो

18

कपिलबस्तु । नेपाली कांग्रेस बाणगंगा नगरपालिकाले ७ वटा वडामा सर्वसम्मत रुपबाट वडा अध्यक्षको उम्मेद्वारी टुङ्गो लगाएको छ । नेपाली कांग्रेसले ११ वटा वडाहरु मध्ये बाणगंगा नगरपालीकाका ७ वटा वडामा नेपाली काग्रेसले वडा अध्यक्षको टुङ्गो लगाएको छ । जसमा वडा नं. १ बाट सञ्जुकुमार सारु, वडा नं. २ मा रत्न बहादुर कार्की, वडा नं. ५ मा दुनिका भुसाल, वडा नं. ७ मा कुमार खड्का, वडा नं. ८ मा कृष्ण प्रसाद पोख्रेल, वडा नं. १० मा रामनक्षत्र चौधरी र वडा नं. ११ मा नरेन्द्र चौधरीलाई वडा अध्यक्षमा सर्वसम्मत रुपबाट सिफरिस गरेको क्षेत्रीय सभपति दुर्गा के.सी.ले जानकारी दिनुभयो । त्यस्तै क्षेत्रीय सभापति के.सी.ले नगर प्रमुख र उप–प्रमुख सहित अन्य वडामा आज राती सम्म सम्म टुङ्गो लाग्ने जानकारी दिनुभयो

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.