चन्द नेतृत्वकाे नेकपाले स्वतन्त्र उम्मेदवारकाे हैसियतमा भरतपुर महानगर र रत्ननगर नगरपालिकामा मेयर पदमा उम्मेदवार उठाउने

17
biddhut

चितवन । नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपाले स्वतन्त्र उम्मेदवारकाे हैसियतमा चितवनकाे भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा मेयर पदमा उम्मेदवार उठाउने भएकाे छ । पार्टीका पूर्व जिल्ला सचिव दुर्गाप्रसाद सुवेदी भरतपुरमा र मिनप्रसाद शर्मा रत्ननगर नगरपालिकामा मेयरमा उठ्ने भएका छन् । पार्टीले दुई जनाकाे निर्णय गरिसकेपनि अन्य पालिका र पदमा उम्मेदवारी दिने विषयमा छलफल चलिरहेकाे पार्टीकाे विशेष कमिटीका सदस्य धुव्र खड्काले बताए ।’भरतपुरमा उपमेयर र वडाध्यक्षहरू तथा अन्य पालिकाहरूमा पनि उम्मेदारी दिने कि भनेर छलफल चलिरहेकाे छ । भरतपुर र रत्ननगरकाे मेयरका बारेमा भने केही दिन पहिल्यै टुंगो लागेकाे हाे,’ खढ्काले भने ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.