काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ वटा महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको छ । काठमाडौं महानगरपालिकाको मेयरमा मदनदास श्रेष्ठ र उपमेयरमा विनिता मगैया, ललितपुरको मेयरमा अष्ट महर्जन र उपमेयरमा स्वर्णिमा शाक्यलाई उम्मेदवार बनाउने टुंगो लागेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । त्यस्तै पोखराको मेयरमा शंकर खराल, उपमेयरमा रञ्जना सेन, वीरगञ्जको मेयरमा गिरिश गिरी र उपमेयरमा विना जयसवाल उम्मेदवार बन्ने श्रेष्ठले बताए । उनका अनुसार विराटनगर र भरतपुर महानगरको मेयर र उपमेयरको उम्मेदवार पनि शनिबार अबेर टुंग्याउने तयारी छ ।