कपिलवस्तुमा चुनावी तयारी तीव्र, दलहरुलाई उमेद्धार छान्न सकस

69

 कपिलवस्तु । आसन्न स्थानीय तह निर्वाचनका लागि कपिलवस्तु जिल्लामा तीन लाख ७३ हजार १ सय मतदाता कायम भएको छ । जिल्लामा पछिल्लो पाँच वर्षको अवधिमा ६१ हजार ३ सय ४० नयाँ मतदाता थपिएका छन् । वि.सं. २०७४ सालको निर्वाचनमा कपिलवस्तुमा कुल ३ लाख ११ हजार ७ सय ६० मतदाता रहेकोमा हाल भने त्यो संख्या बढेर ३ लाख ७३ हजार १ सय पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमूख ज्ञानुराम पन्थीले जानकारी दिनुभयो ।

निर्वाचन मिति नजिकिँदै गर्दा कपिलवस्तुमा निर्वाचन कार्यालयले तयारीलाई तीव्र पारेको छ । सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी मतदानस्थलको अवलोकन तथा वर्गीकरण गरिसकेको छ । कपिलवस्तुमा २० मतदानस्थल सुरक्षाको दृष्टिकोणले अति संवेदनशील सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले मतदानको समय र त्यसअघि हुन सक्ने घटनालाई मध्यनजर गरी २० मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको हो। यसपटक स्थानीय तहको निर्वाचनका लागि जिल्लामा २ सय ३५ मतदानस्थल निर्धारण गरिएको छ भने ४६८ मतदान केन्द्र रहने गरी केन्द्रहरु तोकिएको जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिनुभयो ।

निर्वाचनलाई दृष्टिगत गरी जिल्ला स्तरीय सुरक्षा संयन्त्र परिचालनका लागि तालिम प्रदान, कर्मचारी परिचालन, मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई प्रशिक्षण लगाएतका काम भइरहेका छन् । मतदानलाई निष्पक्ष भयरहित बनाउन सुरक्षा निकायसँग विभिन्न चरणमा बैठक तथा छलफल गरिरहेको निर्वाचन कार्यालयले जनाएको छ ।त्यस्तै केही दिनमा विभिन्न राजनीतिक दल र सञ्चारकर्मीहरुसँग आचारसंहिताका विषयमा छलफल गरिने कार्यालयले जनाएको छ । हालसम्म निर्वाचनमा आवश्यक पर्ने मतपेटिका तयारी अवस्थामा राखिसकेको जनाइएको छ ।मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र प्राविधिकलाई तालिम दिइसकेको छ । जिल्लामा आगामी वैशाख ८ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय खोलेपछि थप तयारीलाई तीव्र पारिने निर्वाचन अधिकारी पन्थीको भनाई छ । कपिलवस्तु जिल्लामा स्थानीय तह निर्वाचनका लागि साना ठूला गरी कुल २७ वटा दल निर्वाचन कार्यालयमा दर्ता भएका छन् । त्यस मध्ये निर्वाचनमा सबै दल सहभागी हुने सम्भावना भने कम देखिएको छ ।

यता दलहरुलाई उम्मेदवारी चयनमा भने सकस परेको छ । ६ नगरपालिका र ४ गाउँपालिका रहेको कपिलवस्तुमा सत्तारुढ दलहरुले पाँच दलीय गठबन्धन बनाएर चुनावी मैदानमा जाने तयारी गरिरहेका बेला पालिका र वडागत उमेद्धारको टुङ्गो लगाउन गठबन्धन समुहलाई सकस परेको छ । उता नेकपा एमाले कपिलवस्तुलाई पनि उमेद्धारको चयन प्रक्रिया ग्रहुंगो बनेको छ । एमाले कपिलवस्तुले अहिले सम्म कुनैपनि पालिकाका मेयर र उपमेयरको आधिकारिक घोषणा गर्न सकेको छैन । जिल्ला अध्यक्ष डम्मर शर्माका अनुसार ९ गते पार्टी स्थापना दिवसका अवसरमा सबै पालिकाका लागि उमेद्धार घोषणा गर्ने गरी तयारी एमालेले गरेको छ ।

उता निर्वाचन आयोगले भने बैशाख ११ गते उमेद्धारी घोषणाको मिति तय गरेको छ । ११ गते सम्म दलहरुलाई जसरी पनि पार्टीबाट उमेद्धारको नाम घाषणा सँगै उमेद्धारी दर्ता गर्नैपर्ने बाध्यात्मक स्थिति छ । तर दलहरुमा आकांक्षि र दाबी पेश गर्नेहरुको संख्या ठूलो भएपछि भने नेता कार्यक्रता मिलाउन जिल्लाका शिर्षस्त नेताहरुलाई सकस परेको हो । गठबन्धन दलभित्र आ आफ्ना दाबी र अडानले उमेद्धारको टुङ्गो लाग्न सकेको छैन भने एमाले भित्र पनि संख्यात्मक आकांक्षिहरु बढी देखिएपछि नेतृत्वलाई मिलाउन कठिन परेको छ । यसैबिच लुम्बिनी प्रदेशका १२ जिल्लाका १ सय ९ पालिकामा ३२ लाखभन्दा बढी मतदाताले यस पटकको निर्वाचनमा मतदान गर्दैछन् । यी मतदाताका लागि लुम्बिनी प्रदेश भर एक हजार ६ सय २९ मतदान स्थलमा ३ हजार ८ सय ३२ मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । ती मतदान केन्द्रलाई सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा विभाजन गरेर त्यहीअनुसारको सुरक्षा तयारी गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । १२ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालयहरु अहिले चुनावका लागि आवश्यक सामग्रीहरु खरिद, आवश्यक जनशक्तिको आकलनदेखि अन्य आन्तरिक तयारीमा व्यस्त रहेकोा प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.