सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठकमा लन्च ब्रेक साँझ पुन: बस्ने

50

काठमाडौं । स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठकma लन्च ब्रेक लिइएको छ । प्रधानमन्त्री निवासमा बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसेको थियो ।स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । आइतबारको बैठक पनि निष्कर्षविहीन भएको थियो ।

ठबन्धनका शीर्ष नेता र गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको संयूक्त बैठक चुनावी तालमेलका विषयमा छलफल भइरहेको माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए । ‘हामीले बिहानभरी चुनावी तालमेलका विषयमा छलफल गरियो । अहिले लन्च ब्रेक भएको छ । पुनले भने, ‘अब आ–आफ्नो दलमा छलफल गर्छौ । त्यसपछि पुनः संयुक्त बैठक बसेर चुनावी तालमेल टुंगो लगाउँछौ ।’ बैठक साँझ पुन बस्नेछ ।

Leave A Reply

Your email address will not be published.