कपिलवस्तु एमाले आज जिल्लाका १० वटै पालिकावाट गर्‍यो उम्मेदवारको नाम सिफारिस

42
biddhut

नेकपा एमाले कपिलवस्तुले आज जिल्लाका १० वटै पालिकावाट मेयर उपमेयर र वडाका अध्यक्ष एवम सदस्यको उम्मेदवारी सिफारिस गरेकोछ । कपिलवस्तुका एमालेको पकड मानिएका बाणगंगा, विजयनगर, कपिलवस्तु नगरपालिका, शिवराज नगरपालिका देखि प्रभाव कम भएका अन्य पालिका समेतवाट मेयर उपमेयरमा कम्तीमा ३ देखि बढीमा ११ जना सम्मको नाम सिफारिस भएको छ ।

१० बटै पालिकावाट सिफारिस भएका उम्मेदवार मध्ये वडाध्यक्ष सम्मको जिल्ला कमिटीले चैत्र मसान्त भित्र टुंंगो लगाउने छ भने मेयर उपमेयरको ३० गते भित्रै जिल्लाले सिफारिस गरि प्रदेश कमिटी समक्ष पठाउने छ । बणगंगावाट मेयरमा ६ जना सिफारिसमा परेकोमा पार्टीको प्रदेश कमिटीमा रहेका धेरै नेता रहेका छन् । जस अनुसार प्रदेश नेता एवम कपिलवस्तुका पूर्व अध्यक्ष झविलाल पोखरेल , कृष्ण पौडेल, चक्रपाणी अर्याल , जंजिर थारु , सूर्य कुमारी शाही सिफारिस भएका छन् । ती सबै प्रदेश कमिटीका सदस्य हुुन। जिल्ला स्तरको नेतामा विश्वको कार्की मात्र सिफारिसमा परेको वताइएको छ ।

dengu 3 1

एमालेका अधिकांस केन्द्रिय र प्रदेश नेता बाणगंगामा रहेकाले यहाको मेयरमा आन्तरीक प्रतिस्पर्धा गर्ने पनि जिल्ला भन्दा माथिल्लो कमिटीका नेता नै हुनु स्पभाविक रहेको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले वताउनु भयो । उता शिवराजमा मेयरमा अर्जुन केसी, महादेव पोख्रेल, र लोकेन्द्र पौडेलको नाम सिफारिस गरिएको छ भने , विजयनगरको अध्यक्षमा गोपाल थापा र उपाध्यक्षमा लक्ष्मी थारुको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।

 

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.