रोल्पामा सबै तहमा प्रमुख–उपप्रमुख जित्ने माओवादीको अनुमान tar कांग्रेसले आधा हिस्सा माग्यो उम्मेदवार छनोट प्रक्रिया प्रभावित

47

रोल्पा । रोल्पामा आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूबीच गठबन्धनको टुंगो नलाग्दा उम्मेदवार छनोट प्रक्रिया प्रभावित भएको छ । पहिले गठबन्धनको टुंगो लागेपछि मात्रै पार्टीका उम्मेदवार छनोटमा सहज हुने स्थानीय नेताको भनाइ छ । जिल्लामा गठबन्धनको मुख्य दल माओवादी केन्द्रले सहयात्री दलहरुबीच समन्वय र निरन्तर सम्पर्क गर्दै आएको छ । तर गठबन्धनका सन्दर्भमा जिल्ला तहमा मात्रै छलफल भइरहेकाले स्थानीय तहमा यसबारे खासै जानकारी पुग्न सकेको छैन । माओवादी केन्द्रका जिल्ला संयोजक सुरेन्द्र घर्ती मगरको संयोजकत्वमा कांग्रेस, एकीकृत समाजवादी र जनमोर्चाका प्रतिनिधि रहेको गठबन्धन कार्यदल निर्माण गरिएको छ । गत चैत २० मा गठन गरिएको उक्त संयन्त्रले अझैसम्म ठोस मोडल तयार पार्न सकेको छैन । अहिलेसम्म चार पटक संयुक्त बैठक बसिसकेको छ । तर बैठक अलमलमै टुंगिएको छ ।

गठबन्धनका संयोजक माओवादी केन्द्रका जिल्ला अध्यक्ष घर्तीमगरले गठबन्धनप्रति विश्वास दिलाउन र मुख्य निर्णयमा पुग्न निरन्तर लागिपरेको बताए । ‘बैठक बसेर विविध विषयमा छलफल गर्दै आएका छौं । कसको कति मतभार छ भन्ने दृष्टिकोणबाट छलफल हुने गरेको छ । दुई चार दिनमा टुंगोमा पुग्न सकिएला । ’गठबन्धन हुने विषयमा छलफल चलिरहेका बेला कांग्रेस रोल्पाले विज्ञप्तिमार्फत नयाँ सर्त अघि सारेपछि थप अन्योल उत्पन्न भएको हो । कांग्रेसले आधा हिस्सा मागेपछि गठबन्धनभित्रका दलहरूमा झन् अविश्वास उत्पन्न भएको अवस्था छ । यसबारे माओवादी केन्द्रका अध्यक्ष घर्तीमगर भन्छन्, ‘उहाँहरुले छलफल भइरहेका बेला विज्ञप्ति निकालेर भिन्न परिस्थिति ननिम्त्याएको भए राम्रो हुने थियो । यसबारे छलफल गरेरै टुंगोमा पुग्न सकिन्छ ।’

सबै तहमा प्रमुख–उपप्रमुख जित्ने माओवादीको अनुमान

dengu 3 1

जिल्लामा मुख्य दल मानिएको माओवादी केन्द्रले प्रारम्भिक सर्वेक्षण गरेर सबै तहमा प्रमुख र उपप्रमुखसहित ५८ वटा वडामा एक्लै निर्वाचनमा जित हासिल गर्ने निष्कर्ष निकालेको छ । त्यसैले सकभर गठबन्धनबिना नै निर्वाचनमा भाग लिन स्थानीय कार्यकर्ताले नेतृत्वलाई सुझाव दिएका छन् । कांग्रेसले पुरानै शक्ति आर्जन गर्न गठबन्धनको प्रयोग गरेर बढीभन्दा बढी पदमा जित हासिल गर्ने दाउ अघि सारेको छ । कांग्रेसले २०४९ र २०५४ को स्थानीय निर्वाचनमा बहुमत जित हासिल गरेको थियो । अहिले पनि गठबन्धनमार्फत पुरानै शक्ति आर्जन गर्ने गरी उसले तयारी गरेको छ । तर माओवादी केन्द्रका कार्यकर्ताले त्यसो हुन नदिन उचित सहमति बन्न नसके गठबन्धन गर्न नहुने सुझाव दिँदै आएका छन् ।

जिल्लामा मुख्य दल मानिएको माओवादी केन्द्रले प्रारम्भिक सर्वेक्षण गरेर सबै तहमा प्रमुख र उपप्रमुखसहित ५८ वटा वडामा एक्लै निर्वाचनमा जित हासिल गर्ने निष्कर्ष निकालेको छ । त्यसैले सकभर गठबन्धनबिना नै निर्वाचनमा भाग लिन स्थानीय कार्यकर्ताले नेतृत्वलाई सुझाव दिएका छन् । कांग्रेसले पुरानै शक्ति आर्जन गर्न गठबन्धनको प्रयोग गरेर बढीभन्दा बढी पदमा जित हासिल गर्ने दाउ अघि सारेको छ । कांग्रेसले २०४९ र २०५४ को स्थानीय निर्वाचनमा बहुमत जित हासिल गरेको थियो । अहिले पनि गठबन्धनमार्फत पुरानै शक्ति आर्जन गर्ने गरी उसले तयारी गरेको छ । तर माओवादी केन्द्रका कार्यकर्ताले त्यसो हुन नदिन उचित सहमति बन्न नसके गठबन्धन गर्न नहुने सुझाव दिँदै आएका छन् । ‘केही दिनमा जिल्ला तहमा छलफल गरेर टुंगोमा नपुगेमा प्रदेश तहमा छलफल हुनेछ । त्यहाँ पनि टुंगोमा पुग्न नसके केन्द्रले निर्णय गर्ने अवस्था आउन सक्छ,’ उनले भने । त्यति गर्दा पनि टुंगोमा पुग्न नसकेमा मैत्रीपूर्ण रूपमा निर्वाचनमा बेग्लाबेग्लै पार्टीमार्फत स्थानीय तहको निर्वाचनमा भाग लिने उनले बताए । संयन्त्र बनाएर गठबन्धनलाई मजबुत बनाएर जानेबारे पार्टीको केन्द्रीय नेतृत्वले सर्कुलर गरे पनि जिल्ला र स्थानीय तहमा नेता कार्यकर्ताले मिलेर जान नसकिने तर्क अघि सारेका कारण ढिलाइ भएको हो ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.