स्रोत नखुलेको ३ लाख ८ हजार ५ सय भारतीय रुपैयाँसहित विराटनगरबाट चार जना पक्राउ

48

प्रहरीले स्रोत नखुलेको ३ लाख ८ हजार ५ सय भारतीय रुपैयाँसहित चार जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा सुनसरी बर्जुगाउँपालिका-१ बस्ने ३८ वर्षीय सुरज ऋषिदेव, उनकै श्रीमती ३८ वर्षीया शिव कुमारी ऋषिदेव, भारत सहरसा मानगढ ग्राम पञ्चायत बस्ने २९ वर्षीय विसुनदेव मुखिया र सोही ठाउँ बस्ने २७ वर्षीय अविनाश मुखिया रहेका छन् । उनीहरुलाई विराटनगर महानगरपालिका-१५ रानी सीमाबाट स्रोत नखुलेको रकमसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.