कपिलवस्तु । नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुले ४ पालिकामा पार्टी कार्यालय स्थापना गरेको छ । समाजवादीको राम्रो उपस्थित रहेको ४ पालिकामा स्थानीय पार्टी कमिटीले पार्टी कार्यालय स्थापना गरेका हुन् ।
जसमा जिल्लाको दक्षिणी क्षेत्रमा रहेको शुद्धोधन गाउँपालिकाको लवनीमा गाउँपालिका कमिटीले कार्यालय खोलेको पार्टीका जिल्ला उपाध्यक्ष नेत्रलाल खनालले जानकारी दिनुभयो । आसन्न निर्वाचन लक्षित गतिविधिलाई व्यवस्थित पार्न कार्यालय सञ्चालनमा ल्याएर काम अगाडी बढाइएको उपाध्यक्ष खनालले जनाउनुभयो ।
एमाले विभाजन पश्चात शुद्धोधनका प्रभावशाली नेताहरु एकीकृत समाजवादी तिर लागेका थिए । यसले गर्दा यहाँ समाजवादीको बलियो उपस्थिति रहेको छ । पालिकाका ६ वटै वडामा वडा कमिटी गठन भएको शुद्धोधनमा एक्लै चुनाव लड्ने हैसियतमा पार्टी पुगेको खनालको भनाई छ । चैत्र २२ गते चन्द्रौटाका लागि आउनुभएका पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कार्यालयको औपचारिक उद्घाटन गर्नुभएको थियो ।