विदेशी पानी खाएकाहरुले वृद्धभत्ता दिन नसक्ने अफवाह फैलाए : अर्थमन्त्री शर्मा

44

अर्थमन्त्री जनार्दन शर्माले सरकार वृद्धभत्ता नै दिन नसक्ने भनेर फैलाइएको अफबाहमा कुनैपनि सत्यता नरहेको प्रस्ट पारेका छन् । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मात्रै मुलुकको अर्थतन्त्रप्रति टिप्पणी गर्दै सरकारले वृद्धभत्ता समेत दिन नसक्ने अवस्था रहेको बताएका थिए । तर अर्थमन्त्री शर्माले सोमबार गरेको पत्रकार सम्मेलनमा त्यस्ता भनाइको खण्डन गर्दै भने, ‘चुनावको रकम पनि दिन नसक्ने, विदेशी पानी खाएर हुर्केका नागरिकहरुको कुरा सुन्यो भने बृद्ध भत्ता पनि दिन नसक्ने कुरा गर्न सकिन्छ ।’ उनले यस्ता कुरा गर्न र भन्न छुट भएपनि सरकार ती व्यवस्थाबाट नभाग्ने बताए । ‘भन्न त पाइयो तर बजेट व्यवस्था र उपलब्ध गराएका छौ, श्रोत सुनिश्चितता भएको छ । भुक्तानीको प्रक्रिया भैसकेको छ । नपुग्ने भए अरु दिने प्रतिवद्धता पनि गरिएको छ यी सबै अफवाह हुन्’, मन्त्री शर्माको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.