विजयनगर गाउँपालिका अध्यक्ष थापाले गरे सरकारी गाडी फिर्ता

29

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गर्नु भएको छ । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेसँगै गाउँपालिका अध्यक्षमा थापाले सरकारी सुविधाको गाडी फिर्ता गर्नु भएको हो । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेसँगै पालिका अध्यक्ष थापाले प्रयोग गर्दै आइरहेको लु १ झ ४०३ नम्बरको स्कार्पियो शुक्रबार नै कार्यालयमा बुझाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनु भयो । आचारसंहिता जारी भईसकेको अवस्थामा सरकारी गाडी प्रयोग गर्न अनुचित हुने भन्दै अध्यक्ष थापाले गाडी फिर्ता गरेको अधिकृत भट्टराईले जानकारी दिनु भयो ।

b 4
Leave A Reply

Your email address will not be published.