नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको आर्थिक अवस्था श्रीलंकाको जस्तै बन्न लागेको बताएका छन्।आइतबार नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको अर्थतन्त्र श्रीलंकाको जस्तै बन्न लागेको बताएका हुन्। उनले केही समयपछि कर्मचारीले तलव पाएनन् र जेष्ठ नागरिकहरुले भत्ता नपाएमा अनौठो मान्नुपर्ने अवस्था नभएको टिप्पणी गरे। देशको अवस्था यस्तो हुँदा पनि गठबन्धन सरकार एमालेलाई सरकारबाट हटाइयो भनेर आनन्द मानेर बसिरहेको उनले बताए। अध्यक्ष ओलीले एमालेले चुनावको वसन्तको याम पर्खिरहेको भन्दै चुनावपछि एमाले ढुंगाको काप फोरेर उम्रिने बताए ।
एमाले अध्यक्ष ओलीले गठबन्धनले देशको अर्थतन्त्र ध्वस्त बनाएर देशलाई बर्बाद बनाउँदै लगेको बताए। उनले देश असफल राष्ट्रतिर जाने अवस्था आउन लागेको पनि उल्लेख गरे। उनले देशमा चरम भ्रष्टता छाएको पनि उल्लेख गरे। उनले विद्यार्थीहरुलाई जिवनोपयोगी शिक्षा दिनका लागि शिक्षकहरुलाई आग्रह पनि गरे।