पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त

56

पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन्। उनले संसदमा आफ्नो पक्षको बहुमत गुमाएका छन्। उनले गत हप्ता संसद विघटन गरेकामा यहाँको सर्वोच्च अदालतले पुनर्स्थापना गरिदिएको थियो। अदालतको आदेशबमोजिम शनिबार पाकिस्तानको संसदमा उनको पक्षमा मत नरहेका भन्दै मतदान भएको थियो। शनिबार अपरान्ह यहाँको संसदमा दोस्रो पटक मतदान कार्यक्रममा संसदमा आफ्नो बहुमत गुमाए। उनलाई बर्खास्त गर्न विपक्षीलाई जम्मा १७२ मत मात्र आवश्यक पर्नेमा उनको विपक्षमा १७४ मत आएको थियो। संसदमा बहुमत गुमाएपछि उनी स्वतहः पदमुक्त भएका हुन्। पाकिस्तानका सञ्चारमाध्यमहरुले पाकिस्तानको संसदले उनका विरुद्धमा दर्ता गरिएको अविश्वासको प्रस्तावको पक्षमा मत दिएपछि उनी पदमुक्त भएको समाचार सम्प्रेषण गरेका छन्।

बढ्दो मुद्रास्फीति, डलरसँग कमजोर बनेको पाकिस्तानी मुद्रा र कर्जा व्यवस्थापनका कारण यहाँ पनि आर्थिक संकट देखिएको छ। यी विविध कारणहरु देखाएर पाकिस्तानको संसदमा यहाँका विपक्षी सांसदहरुले अविश्वासको मत दर्ता गरेका थिए। त्यस लगत्तै प्रधानमन्त्रीले संसद विघटन गरेका थिए।

Leave A Reply

Your email address will not be published.