वाणगंगा ९ भलवाडमा एमालेको पार्टी कार्यालय उद्घाटन

18
biddhut

 २०७९ बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले जिल्ला कमिटी कपिलवस्तुले जिल्लाका ९६ वटा वडामा वडा पार्टी कार्यालय उद्घाटन गर्ने क्रममा वाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित जिनुवामा नेकपा एमालेको वडा पार्टी कार्यालय उद्घाटन गरेको छ । एमाले केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बलाराम अधिकारिले एक विशेष कार्यक्रम बिच रिबन काटेर वडा पार्टी कार्यालयको उद्घाटन गर्नु भएको हो ।

dengu 3 1

कार्यक्रमका प्रमुख अतिथि अधिकारिले एमालेको सरकारले मुलुकमा २० बर्षमा नभएको काम ३ बर्षमा गरेको ,युवाहरुलाइ रोजगारीको सुरुवात ,आर्थिक स्थितिमा सुधार गरेको ,बृध्दा भत्ता रबाल पोषण भत्ताको सुरुवात गरि आएकोमा हालको गठबन्धनको सरकारले मुलुकमा आर्थिक संकट पैदा गरेको ,बिकासका काम ठप्प भएको गठबन्धनको सरकारको स्पष्ट निति तथा अडान नभएको जस्ता कुरा बताएका थिए । कार्यक्रममा प्रदेश कमिटी सदस्य जंजिर प्रसाद थारु जिल्ला कमिटी सदस्य तथा वडा न।९ भलवाड इन्चार्ज नेत्रज्योति गिरि लगायतले एमालेले जितेका वडा एबम पालिका भएका कामको जनता सामु प्रचारप्रसार गर्नुपर्ने कुरा बताएका थिए ।कार्यक्रम वडा कमिटी अध्यक्ष बिन्द्र बहादुर गुरुङको अध्यक्षता उपाध्यक्ष राधा बेल्बासेको स्वागत र उप सचीव नुमलाल चौधरीको संचालनमा सम्पन्न भएको थियो ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.