कपिलवस्तुमा चुनावी तालमेलका लागि कांग्रेसको सक्रियता

79

कपिलवस्तु । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले प्रदेशभर चुनावी गठबन्धन बनाउन सभापति अमरसिंह पुनको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ। प्रदेश समितिले यो निर्णय गरेसँगै यता कपिलवस्तु जिल्लामा पनि कांग्रेसले चुनावी तालमेल र मोर्चाबन्दीका लागि पार्टीका नेताहरुलाई जिम्मेवारी प्रदान गरेको छ ।
कांग्रेसको बुटवलमा सम्पन्न प्रदेश समितिको बैठकले सत्तारुढ दलहरुसँग जिल्लास्तरमा भइरहेको वार्तालाई सघाउँदै गठबन्धन थप बलियो बनाउनका लागि सभापति पुनको संयोजकत्वमा वार्ता समिति बनाएको हो भने यता कपिलवस्तुमा सम्बन्धित पालिकाका पार्टी सभापतिहरुलाई दलगत गठबन्धनका लागि चुनावी तालमेल गर्न सकिने गरी जिम्मा दिइएको नेपाली कांग्रेस कपिलवस्तुका सचिव शक्ति सिँह ठकुरीले जानकारी दिनुभयो ।
यसैबिच केही दिन अघि जिल्लाको बुद्धभुमि नपगरपालिकामा बसेको गठबन्धन दलहरुको बैठकले जिल्लाका दशवटै पालिकामा गठबन्धन गरेर चुनावमा जाने गरी तयारी गरेको जनाएका छन् । मुख्यगरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी र राष्टिय जनमोर्चाले गठबन्धन गरी स्थानीय चुनामा सहभागि हुने तयारी गरेका हुन ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र शाहको संयोजकत्वमा बसेको कांग्रेस, जसपा, एकीकृत समाजवादी र जनमोर्चा सहितको वैठकले २५ गते सबै दलले सहमतिको खाका सहित पुनः वैठक बसेर निष्कर्षमा पुग्ने निर्णय गरेको थियो । केहि स्थानीय तहमा समस्या भएपनि त्यसलाई विशेष पहल गरि मिलाउने गठबन्धन नेतारुहरुले दाबी गरेका छन् ।
नेपाली कांग्रेस जिल्ला सचिव शक्तिसिँह ठकुरीका अनुसार जिल्लाका १० वटै पालिकाहरुमा आवश्यक परेको अवस्थामा मात्रै दलहरुका बिचमा गठबन्धन गर्ने गरि निर्णय गरिएको बताउनुभयो । उहाँका अनुसार बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धन दलहरुका बिचमा तालमेल हुने निश्चित जस्तै बनेको छ । नेपाली कांग्रेसले दलगत गठबन्धनका लागि पार्टीका नेताहरुलाई जिम्मेवारी समेत प्रदान गरेको छ । गठबन्धन गर्नैपर्ने स्थानीय तहमा मात्रै तालमेल गर्ने कांग्रेसको दाबी छ ।

Leave A Reply

Your email address will not be published.