माओवादी आन्दोलन र यसका उपलब्धीहरु

33
biddhut

विश्व सर्बहरा वर्गका महान हस्ती कार्ल माक्स,लेनिन र माओले देखाएको अग्रगमनको बाटोलाई पक्षाउदै नेपालमा शोषित,पिडित,जातिय,बर्गिय,क्षेत्रिय असमानलाई जरैदेखी उखेल्ने प्रतिबद्धता व्यक्त गर्दै आम नेपाली नगरिकलाई आन्दोलनको आधिबेरीमा आउन आवहन गरियो । देशमा व्याप्त बेरोजगारी ,असमानता र जातिय भेदभावका कारण आक्रान्त भएका नेपाली नागरिक आफ्ना हक र अधिकार सुनिश्चित गर्नका लागी तत्कालिन श्री ५ सरकारका विरुद्ध एक भएर लड्ने सफत खाँदै २०५२ सालमा   प्रतिगमनका विरुद्ध सघंर्ष गर्दै क.मोहन बैद्य ,क.प्रचण्ड , क.डा.बाबुराम भटराई , लगायतका नेताहरुको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (माओबादी)२०५२ सालमा औपचारिक स्थापना भई २०५२ फाल्गुण १ गते रोल्पा,रुकुम,गोरखा र सिन्धुलीमा एकैसाथ साँकेतिक सैन्य हमला गरी विधिवत जनयुद्ध प्रारम्भ भएको  थियो ।  उक्त प्रारम्भिक  युद्धमा सफलता प्राप्त हँदाको त्यो क्षणमा छापामार सैलीमा अगाडी बढेका जनसेना विजयका लाल झण्डाहरु फहराउँदै उत्सव मनाईएको थियो । सफलताले शिखर चुमिईरहँदा कार्यकर्ता,सिपाई,सुभेच्छुक लगायत पार्टि नेतृत्वमा जनयुद्धको भविश्य प्रति आशाको किरण पलाएको थियो ।

जहानिया राणा शासनले गरेको दमनले आक्रान्त भएका नेपाली जनता पुनः श्री ५ र तत्कालिन पन्चेहरुको सरकारबाट अपमानित हुनु परेको पीडा ,दमन र शोषणका कारण गाउँ गाउँबाट नेपाली जनता जनयुद्धलाइ आस्था र भरोको केन्द्र मानेर जीउ र ज्यानको बाजी थापेर संघर्षको त्यो मैदानमा लागीपरेका थिए । भोका,नांगा,जातिय तथा बर्गिय उत्पीडनमा परेका सबैलाई माओवादी आन्दोलनले संरक्षण गर्दै समानताको आधार दिएको थियो । जनताका प्रतिनिधिद्धारा लेखिएको जनसंविधान ल्याउने अविभारा आत्मासाथ गर्दै काँधमा राईफल त कतै सकेटबमका माला भिरेर कर्तब्य पथमा होमिएका थिए । जनयुद्ध प्रतिको आस्था र न्याएको लडाईमा युवा,युवती,महिला,पुरुष,सबैको समान सहभागीता रहेको थियो । हिमाल,पहाड, तराई सबै ठाउँमा माओवादी आन्दोलनको आँधी बेरी सृजना भएको थियो । गाउँ समाजमा हुने जातिए भेदभावलाई जरै देखी नास गर्ने लक्ष्यका साथ आम नेपाली जनता आन्दोलनको भूमरीमा सामेल भएका थिए । जातिय,धार्मिक,एवम बर्गिए तथा क्षेत्रिय भेदभाव गर्ने शोसक बर्गलाई कारवाहि गर्न माओवादी आन्दोलनले जनसरकार गठन गरेको थियो ।  गाउँ ठाउँमा हुने अपराधिक घटनाहरु नियन्त्रणमा आएका थिए । चोरी डकैति जस्ता समस्याहरु निमटन्नै भएका थिए । गाउँ गाउँमा हुने शासक बर्ग कारवाहिमा परेका थिए । माओवादी आन्दोलनले समाजमा धार्मिक सहिष्णुता कायम राख्दै कार्यकर्ताहरु सामाजिक सेवामा समर्पित भएका थिए । विकास निर्माणका कार्यहरु समेत गर्दै नेपाली जनताको मन जित्दै जनतालाई आन्दोलनमा ल्याउँदै जनचेतना प्रवाह गरिदै आइएको थियो । माओवादी जनयुद्ध प्रति सरकारले गरेको प्रतिगमन र वितृष्णाले कार्यकर्तामा अझ आक्रोश ल्याएको थियो । सरकारी दमनले चरम सीमा नाघिसकेको थियो । तत्कालीन श्री ५ सरकारका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी आन्दोलनका हस्ती क.मोहन बैद्य,            क.प्रचण्ड,क.डा.बाबुराम भटराई लगायतका शिर्ष नेताको टाउकोको मुल्य तोकिएको थियो । युद्धले काटमारकै रुप लिएको थियो । एकले अर्को प्रति लक्षित गरी हमला गर्ने तथा बदलाको भावना लिने होडबाजी चलेको थियो । सरकारी शोषण र दमनले न त महिला सुरक्षित थिए, न त बालबालिका न त स्कुले विद्यार्थी नै । आशंकाकै भरमा सरकारले आम नागरिक,सर्बसाधारणलाई अपहरण गर्ने बेपत्ता पर्ने तथा ज्यान लिने चरम यातना दिने गतिविधिहरु हुने गर्दथे । तत्कालिन समयमा चोरी,डकैति,बलात्कार,छुवाछुत जस्ता अपराधिक घटनाहरु हराएका थिए । नेपालीहरु नेपाली हुनुमा गर्भ गर्न लाएक अवस्था सृजना भएको थियो । गाउँ ठाउँमा हुने अन्याय,शोषण र अत्याचारका कारक तत्वहरुलाई जन सरकारले परास्त पारिरहेको थियो । जसले गर्दा नेपाली  जनतामा माओवादी आन्दोलन प्रति आशा जागिरहेको थियो । देशमा देउवा सरकारले संकटकाल घोषणा गरिसकेको थियो । माओवादी कार्यकर्ता,जनमुक्ति सेना,मिलिसीया लगायत सुभेच्छुक सबैलाई ठाउँको ठाउँ गाली हान्ने आदेश थियो । माओवादी आन्दोलनका सकारात्मक कार्यले नेपाली जनताको मन छोईसकेको थियो । सरकारी आदेश विपरित गास,बास,कपास लगायतका सेवा सुविधाहरु लुकी छिपी दिईरहेका हुन्थे । बास दिएकै भरमा, खान दिएकै भरमा तत्कालिन शाही सेना,प्रहरी लगायत खुपीयाहरुले जनता,सर्बसाधारणहरुलाई धरपकड गर्ने,घरमा आगो लगाउने,छोरी ,बुहारीमाथी गिद्दे नजर लगाउने जस्ता घृणित कार्यहरु सरकारी पक्षले गरिरहेका थिए । हजारौ सर्बसाधारणका कसैको सिन्धुर पुछिएको, थियो त कतै सन्तानको काख छिनिएको थियो ।बढ्दै गरेको माओवादी आन्दोलन संघर्षको त्यो मैदानबाट शिखरमा पुग्न थालिसकेको थियो । प्रतिगामी षड्यन्त्रकारी शक्तिहरु चरम उत्कर्षमा पुग्न लागेको जनयुद्धलाई गिद्दे दृष्टि लगाईरहेका थिए । प्रतिगामी,पश्चगामी र परिवर्तनकारी शक्तिहरुवीचको त्यो लडाईले नयाँ स्वरुप लिईरहेको थियो । राज्यमा हुने जातिय र बर्गिए असमानता एवम भिन्नतालाई जरैदेखी मास्नका लागी समावेशीताको नारालाई  एकताको सुत्रमा बदल्दै न्याएको अग्रगामी लडाईमा  आम जनतालाई पनि एकताको सुत्रमा ल्याउन सफल भयो नेपालको माओवादी जनयुद्ध । देशभरी छरिएर रहेको सम्पूर्ण क्रान्तिकारी एवम परिवर्तनकारी शक्तिहरु एकजुट भएर बैरीका सामु पातमा ज्यान राखेर काखमा दुधे बाल्ख,चितामा श्रीमान ,श्रीमति राखेर लडिएको थियो । कहिले एक छाक खाना त कहिले तीन दिनमा एक छाक त्यो पनि नुनकै भरमा हात —हात ,पात —पात खाएर भोको पेट पालेर कुना कन्दरा,घना जंगल,बर्खे भेल सहँदै गरिएको थियो जनयुद्ध । नेपाली जनताको सानो कष्टले भएको थिएन जनयुद्ध । जनयुद्ध प्रति आस्था र विश्वास राख्ने सुभेच्छुकहरुमा माओवादी जनयुद्ध प्रतिको दमन र अपमान स्वीकार्य हुँदैनथ्यो । सर्बहारा वर्गको,हक,हित र रक्षाका लागी    नेपाली जनताले गरेको जनयुद्धले सफलताका विभिन्न चरणहरु पार गर्दै आईरहेको थियो । जनयुद्धलाई सफल र मर्यादित बनाउन विभिन्न मुक्ति मोर्चाहरु गठित भएका थिए । कार्यकर्ता तथा सुभेच्छुकहरु आफ्ना मोर्चा र अधिकार प्रतिको लडाई सफल बनाउन अहोरात्र खटिईरहे । अन्ततःनेपाली जनयुद्धले नयाँ रुप लियो । २०४६ सालको जनआन्दोलन पछि विकसित हुँदै गरको राजनितिक अवस्थालाई २०५२ सालमा सर्बहारा बर्गको मूक्तिका लागी माक्सबाद,लेनिनबाद र माओवादको सुत्रमा एकतृत भएका नेपाली  क्रान्तिकारीहरुका लागी थप उर्जा दिनका लागी २०५७ सालमा प्रचण्डपथको उदय भयो । प्रचण्डपथले नेपाली जनयुद्धमा नयाँ मोड लिन सफल भयो । आफ्ना वीर सहिद भएका सहयोद्धा कमरेडहरुको सपनालाई साकार पार्नका लागी दुष्मनको गोलीको कुनै प्रवाह नगरी तत्कालिन शाही सेना ,प्रहरीका क्याम्प तथा बङ्करहरुमा छिरेर दुस्मनलाई परास्त गर्ने र आफू सहिद हुने होडबाजी नै चलेको थियो । देशैभरी शाही सेनाका क्याम्प तथा बङ्करहरु ध्वस्त भएका थिए तर दुखद कुरा शासक बर्गसंगको लडाईमा त िशाही सेना,प्रहरी बेकसुरको पनि सयौ संख्यामा ज्यान गईरहेको थियो । जुन सुकै पक्षका जवानले सहादत प्राप्त गरे ता पनि नेपाली नै मरेका थिए । नेपाली काख खोसिएको थियो ।   विडम्बना एक जनमुक्ति सेना शासक बर्गको भण्डाफोर गर्दै राजतन्त्रात्मक अवस्थालई परास्त गर्दै नेपालमा लोकतान्त्रिक संघिय गणतन्त्र स्थापना गरी आफ्नै जनप्रतिनिधिद्धारा जनसंविधान चाहेका थिए भने ती शाही सेना जसले पेशा र रोजगारको कर्तव्य निर्वाह गर्दै  शोषक राजतन्त्रको रक्षाका लागी लडेका थिए । रक्तपातपूर्ण र बलिदानीपूर्ण क्रान्ति विना बर्ग संघर्ष पुरा हँुदैन भन्ने कुरा नेपाली माओवादी जनयुद्धको अभ्यास र विश्वमा भएका विभिन्न क्रान्तिकारी परिवर्तन एवम घटनाहरुले ईतिहास रचेका छन । सशस्त्र जनयुद्ध एवम जनविद्रोह र शाही सेनाको लडाईले उग्र रुप लिदै आएको थियो । कांग्रेसी देउवा सरकारले देशमा संकटकालको घोषणा गर्यो । जनताका आधारभूत हक अधिकार तथा आवश्यकताहरु खोसिन पुगे फलस्वरुप नेपाली जनतामा राजसंस्था प्रति तिक्तता पलाएको थियो । प्रतिगमन,शासक बर्ग र पुजीबादी दलाल विरुद्धको जनविद्रोह एवम जनयुद्धको आँधीबेरिले नेपालमा मालेमा बादको सैदान्तिक पद्धतिलाई व्यवहारमा परिमार्जित गर्दै वि.सं २०५७ सालमा जन्मिएको प्रचण्डपथ सर्बहारा वर्गको मूक्तिको मार्ग बनेको थियो । विश्वभरीका कम्युनिष्ट सुभेच्छुकहरु नेपालमा  प्रचण्डपथ सिद्धान्त प्रतिपादन भयो भन्ने विश्व कम्युनिष्ट आन्दोलनमा प्रचण्डपथ एउटा कोसेढँुगा सावित हुने विश्वास थियो । विश्व कम्युनिष्ट आन्दोलनका महान हस्ती क. कार्ल माक्सले वर्ग संघर्ष र अन्र्तरसंघर्षबाट समाजबाद र समाम्यबादको कार्यदिशा तय गर्नु भएको थियो ।यस्तै क.लेनिनले पुँजीबाद मरणासन्न साम्राज्यबादमा प्रवेश गरेको निष्कर्षका साथ सशस्त्र जनविद्रोहद्धारा समाजबाद हँुदै साम्यबादमा पुग्ने पुग्ने कार्यदिशा तय गर्नुभएको थियो । त्यस्तै गरी क.माओले गाउँले शहर घर्ने रणनितिमा आधारित दीर्घकालिन जनयुद्धद्धारा न्युनतम लक्ष्य नयाँ जनवादबाट समाजवादमा जाने कार्यदिशा तय गनुभएको थियो । माक्सबाद — लेनिनबाद — माओवादका सिद्धान्तहरुलाई प्रयोगात्मक ढंगबाट परिमार्जित गर्दै जनयुद्धलाई प्रचण्डपथको सिद्धान्तको रुपमा व्याख्या गरियो । क.प्रचण्डले नेपालमा साम्राज्यवादी भूमण्डलीकरण,विद्युतिय संचार तथा प्रविधिको भू मण्डलीकरणको विश्लेषण गर्दै दिर्घकालिन जनयुद्धमा सशस्त्र जनविद्रोहका रणनितिहरुको समायोजन गरी नयाँ जनवाद ,समाजवाद,र साम्यवादको  कार्यदिशा तय गर्नु भएको थियो ।

dengu 3 1

नेपाली क्रान्ति माक्सबाद — लेनिनबाद — माओवाद — प्रचण्डपथको रुपमा विकसित हँदै एउटा नयाँ युगको सुरुवात गर्दै नेपालको शासकिय स्वरुपको परिवर्तन संगै पहिचान सहितको संघिय गणतन्त्र र  प्रत्यक्षकारी कार्यकारी राष्ट्रपतिय पद्धतिको पक्षमा उभिदै  जातिय,बर्गिए,धार्मिक तथा लैगिंक समानता कायम राख्दै नेपाली माओवादी आन्दोलनको जगमा गठित जनसरकार भित्रका मगरात ,लिम्बिुवान,खुम्बुवान,ताम्सालिङ,थारुहट,अवध,मिथिला जस्ता १३ गणराज्यहरुको अवधारणाले नेपालमा संघिय गणतन्त्र ल्याउन कोसेढुगां सावित हुने अपेक्षा गरिएको थियो । क्रुर र तानाशाही बन्दै गएको २३८ बर्षे निरङ्कुश राजतन्त्रलाई माओवादी जनयुद्ध एवम जनविद्रोहमार्फत ढाल्ने साँेच अनुसार वर्ग संघर्षको लडाईले निरन्र्तरता पाईरह्यो । क्रुर बन्दै गएको राज्य सत्ता विरुद्ध लड्न र गाउँ गाउँमा गएर जनचेतना फैलाउन अग्रपत्तिंमा विद्यार्थी संगठन अखिल क्रान्तिकारीको रुपमा परिपक्क भैसकेको थियो  । देशैभरी अखिल क्रान्तिकारी विद्यार्थी संगठनको छाता संगठनले निरङ्कुश राज्यसत्ता विरुद्ध तिव्र आवाज उठाईरहेको थियो । देशमा माओवादी जनयुद्ध प्रति युवा शक्ति ,विद्यार्थी शक्तिको आकर्षण बढ्दो थियो । निरङ्कुश राज्यसत्ताले क्रान्तिकारी एवम परिवर्तनकारी विद्यार्थीहरुलाई खोज्दै यातना दिदै बेपता पार्दै आईरहेको थियो । सयौ विद्यार्थीहरु सरकारीका सिकार भएका थिए  भने बेपत्ता,अंग भंग चरम  यातना समेत भोग्नु परेको थियो । माओवादी जनयुद्ध र राज्य सत्ताबीच तिब्र असन्तुष्टि र एक अर्का प्रति बैमनस्यता हाभी भईरहेको अवस्थामा तत्कालिन श्री ५ ज्ञानेन्द्र शाहाले  वि.स.२०६१ माघ १९को मध्यरातमा तत्तकालिन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारलाई अपदस्त गरी राष्ट्रको सम्पूर्ण शासन सत्ता हातमा लिएको त्यो रात नेपाली जनताको लागी कालो रात हुन पुग्यो । जसले माओवादी ,बामपन्थी दक्षिणपन्थी नेपाली काङ्ग्रेस लगायतका राजनितिक दलहरुलाई एकताको सुत्रमा ल्याउन कोसेढुगां सावित भयो भन्न सकिन्छ । शाहि कदम पछिको सैनिक कारवाहीले चरम सीमा पार गरिसकेको थियो ।  नेपाली माओवादी जनयुद्धले दिन प्रतिदिन सफलता प्राप्त गर्दै असफलतामा पाठ सिक्दै राज्यसत्ताको भण्डाफोर गर्दै शाही सेनामाथी हमला गर्दै सिँगो देश नै माओवादीमय बनाउन सफल भएको थियो । बच्चादेखी युवा, युवा देखी बृद्धसम्म माओवादी हुने र क्रुर राज्यसत्ता ढाल्ने परिकल्पना गर्दै आइरहेका  थिए । एकात्मक राजतन्त्रात्मक शासनले देशमा समानता ,विधिको शासन ,नागरिकका आधारभूत मौलिख अधिकार तथा मानवअधिकार सुनिश्चित गर्न सक्दैन भन्ने कल्पना गर्र्दै भएको थियो माओवादी आन्दोलन ।  वास्तवमा नेपाल एक जातीय मुलुक पनि होईन । यसको विषेशता बहु—जातिय,बहु—धार्मिक,बहु—भाषिक,बहु—सांस्कृतिक,वर्गिय,लिङ्गिय,क्षेत्रिय विविधतामा निर्भर रहेको छ । त्यसैले यो देशमा एकात्मक र केन्द्रिकृत राज्य सत्ता ,शासन पद्धति सही होईन भन्ने माओवादी आन्दोलनको मूल मर्म रहेको थियो । दश बर्षे जनयुद्ध नेपालमा बसोबास गर्ने सबै जात,वर्ग,लिङ्ग,क्षेत्रका नागरिकहरुका अधिकारहरुलाई सबै क्षेत्रमा समानुपातिक रुपबाट वितरण गर्दै सबै नागरिकलाई समान हैसियतमा उठाउने कडि हुने कल्पना गरिएको थियो । दलिय व्यवस्थालई लत्याउदै प्रतिगमन तर्फ उन्मुख शाही राज्य सत्ताको विरुद्ध एक हुने संकल्प गर्दै सात राजनितिक दल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच बृहत राजनितिक सम्झौता सम्पन्न भयो अन्तत ः निरङ्कुश राजतन्त्र विरुद्ध २०६२÷२०६३ मा जनआन्दोलनको आँधीबेरी ल्याउन सफल भयो नेपाली क्रान्ति । माओवादको गाउँले शहर घेर्ने सैदान्तिक पक्षमा जोड दिँदै नेपाली  नेपाली जनआन्दोलनमा गाउँ —गाउँ, बस्ती —बस्तीबाट आम नागरिक, सर्वसाधारणलाई सडकमा उतार्न सफल भयो । हजारौ जनमुक्ति सेना,कार्यकर्ता ,सुभेच्छुक,वामपन्थी,आम नागरिक,सर्बसाधारण तथा गैरवामपन्थीहरुको सक्रिया सहभागिता नेपाली क्रान्तिकारी आन्दोलन र माओवादी जनयुद्धमा क.माओको गाउँले शहर घर्ने सिद्धान्तको अभ्यास गर्दै जनआन्दोलनले माओवादी आन्दोलनको ईतिहास नै रच्न सफल भयो जुन दश बर्षे माओवादी जनयुद्धको अभिन्न अंग बन्न पुगेको छ । तानाशाही शासकको तातो गोलीको कुनै प्रवाह नै नगरी १९ दिन सम्म चलेको जनआन्दोलनले अन्तत ःवि.स.२०६३ बैशाख ११ गते मध्यरातमा निरङ्कुश राजतन्त्रलाई ढाल्दै जनताको नासो(प्रतिनिधि सभा पुर्नःवहाली गरेको घोषणा गर्दै नेपाली जनतामाथी घुँडा टेक्न बाध्य बनायो । वर्गिय,जातिय,लैङ्गिक,धार्मिक,तथा क्षेत्रिय असमानताहरुलाई चिर्दै माओवादी जनयुद्धको आँधीबेरिबाट यो स्वाधीन राज्यमा समानताका सुत्रपात बिजारोपण गर्दै नेपाली क्रान्तिलाई सफलताको शिखरमा पुर्याउन सकिएको थियो । तत्कालिन श्री ५ ज्ञानेन्द्र शाहले प्रतिनिभि  सभा पुर्नः बहाली तथा माओवादी जनयुद्धसंगै भएको जनआन्दोलनले विश्राम लिएको त्यो क्षण नेपाली जनताका लागी दिपावली भएको थियो । प्रतिनिधि सभाको पुर्नवहाली संगै नेपालमा समानुपातिक पद्धति र समावेशीताको अभ्यासले नै पूर्णता पाएको हो यसमा दुई राय छैन  र हुन पनि  सक्दैन । वर्गिय समानता,जातिय समानता,धार्मिक समानता,धर्म निर्पेक्षता,लैङ्गिक समानता,संघीयता,गणतन्त्र एवम प्रत्यक्ष कार्यकारी राष्टपति सबै ऐजेण्डा नेपाली क्रान्ति एवम माओवादी जनयुद्धका थिए । श्री ५ को पाउ परेर  ससदीय राजनिती गर्दै सत्ता लोलुपमा पसेका परिवर्तनका विरोधी ,गणतन्त्रका विरोधी, संघियताका बिरोधीले  गणतान्त्रिक नेपालको श्रेय लिन खोज्नुको कुनै तुक रहदैन । सत्ता लोलुप र व्यक्तिगत स्वार्थ एवम खिचातानिका कारण राज्य मियो विनाको दाँइ भएको अवस्था थियो । विकास निर्माणका कामलाई थाती राख्दै राज्य क्रान्तिकारी परिवर्तनकारी शक्ति नेपाली माओवादी जनयुद्ध ,जनआन्दोलन तुहाउन तल्लिन रहेको थियो । राज्यको ठूलो अर्थतन्त्र हातहतियार,बम,बारुद लगायत बन्दोबस्तीका साधन खरिद एवम व्यवस्थापनमा खर्च भएको अवस्था थियो । नेपाली माओवादी क्रान्तिका सुभेच्छुक राष्टहरु मौन समर्थन गरेका थिए भने कतिपय साम्राज्यबादी हैकमबादी शक्तिहरु आतङ्कारीको विल्ला भिराउदै नेपाली कम्युनिष्ट आन्दोलन तुहाउन लागि नपरेका पनि होइनन । दक्षिणपन्थी,साम्राज्यवादी एवम हैकमबादी भारतिय विस्तारबादी,अमेरिकी साम्राज्यबादी शक्तिहरुसंग समेत पैँठेजोरी खेल्दै नेपालमा दश बर्षे जनयुद्ध एउटा उचाईको शिखरमा पुराउने कुशल नेतृत्व थियो क.प्रचण्ड ।सशस्त्र युद्धबाट नै सर्बहारा वर्गको अधिनायकत्व रहने गरी नयाँ जनबादी राज्यव्यवस्था स्थापना गर्न बन्दुक उठाएर २४० बर्षे राजतन्त्रात्मक शासन लत्याउने जनयुद्धमा होमिएको ने.क.पा.माओवादीले पुर्नस्थापित प्रतिनिधि सभा हुँदै अन्तरिम व्यवस्थाको बाटो नेपाली जनताको लागी लोकतन्त्र स्थापना र नेपाली राजनितिमा  समानुपातिक प्रतिनिधित्वको जग बसाल्दै धर्मनिर्पेक्षता,गणतन्त्र नेपालको घोषणा गर्दै जनताका प्रतिनिधिद्धारा संविधान सभाको माध्यमबाट जनसंविधान लेख्ने अभिभारालाई पुरा गर्ने प्रचण्डपथ नेपाली क्रान्तिको एउटा महत्वपूर्ण अंग हो । त्यसैले क.प्रचण्ड व्यक्ति मात्र होईन एउटा संगठन हो नेपाली क्रान्तिको नायक हो भनेर पुष्टि गर्न सकिन्छ । क.प्रचण्ड “२१औ शताब्दीको यो दशकमा संसारमा नेपाल मात्र त्यस्तो देश छ जहाँ कम्युनिष्ट क्रान्तिकारीहरुले सत्ता कब्जा गर्न सक्छन । चुनावको बाटो गएर पनि आन्दोलनको बाटो गएर पनि कब्जा गर्न सक्ने सम्भावना नेपालमा मात्रै छ ”नेपाली क्रान्ति एवम माओवादी जनयुद्धलाई प्रचण्डपथको रुपमा विकास गरी विश्वव्यापी सिद्धान्तको रुपमा नेपालको कम्युनिष्ट आन्दोलनलाई विकास गर्न सकिने प्रशस्त आधारहरु रहेका छन ।

क्रान्तिको बलिदानीको मार्गमा रहेर शोषित,पीडीत,उत्पीडनमा परेका जनतालाई स्वतन्त्रता दिलाउने अभिभारा लिएर जनयुद्धको भूमरीमा सम्मिलीत भई दश वर्षे जनयुद्धलाई यहाँ सम्म पुराउने सम्पूर्ण वीर सहीद नेपाली सपुतलाई उच्च सम्मान गर्दै जनयुद्ध जनआन्दोलनको घाईते, अपाङ्गता भएका योद्धाहरुको राज्यले ससम्मान प्रोत्साहन गर्दै उपचारको व्यवस्था गरी जिवीका निर्वाहको लागी राहत प्याकेजको व्यवस्था गरी उच्च सम्मान गर्न आवश्यक रहको छ । जनयुद्धको नेतृत्वगरेको पार्टीले पटक पटक सरकारको नेतृत्व गरिसकेको अवस्थामा ती घाईते तथा अपाङ्गता भएका जनयुद्धका सहयात्री सैन्य शक्तिका आधारहरुको कुनै किसिमको व्यवस्थापनमा ध्यान नजानु जनयुद्धका सहीद प्रतिको अपमान नै हो ।अर्को कुरा नेपाली महान जनयुद्धको आधार ईलाका रोल्पा जिल्लाको थवाङ जुन स्थानबाट क्रान्तिको विजारोपण गर्दै अग्रगामी परिवर्तनका लागी जनयुद्ध लडेकै हो । विश्वमा धरासाई हुदै गरेको कम्युनिष्ट आन्दोलनलाई नेपालले यही जिल्लालाई उद्गम स्थलको रुपमा प्रयोग गर्दै जनयुद्धलाई क्रान्तिको बाटोबाट शान्तिको पथमा ल्याएको हो । वि.स.२०५६ सालमा नेपालको माओवादी जनयुद्धलाई प्रत्यक्ष रुपमा नियाल्दै अन्तराष्टिय करण गर्ने अमेरिकी पत्रकार लि अनेस्टोलाई एउटा अविस्मरणीय क्षणको रुपमा लिन आवश्यक छ । पत्रकार लि अनेस्टोले पहिलोपटक माओवादी आन्दोलन एवम जनसेनाबारे अन्तराष्टिय रुपमा प्रचार प्रसार गरेकी थिईन । उनै लि अनेस्टोको कारण नेपाली माओवादी आन्दोलन,जनयुद्धको बारेमा प्रत्यक्षरुपमा बुझ्न जान्न विदेशीहरु नेपाल आएको पाईन्छ यसै कारण पनि उनी धन्यबादको पात्र हुन । नेपालमा वि.वि.सी.,सी.एन.एन जस्ता विदेशी सञ्चार माध्यमहरुको प्रवेश हुन थाल्यो । नेपाली जनयुद्धका ठुला ठुला फौजी कारवाहिमा प्रत्यक्ष रुपमा समाचार संगै नेपाली माओवादी आन्दोलनको तिव्ररुपमा प्रचार प्रसार भयो । माओवादी आन्दोलन ,जनयुद्ध स्वदेशी एवम विदेशी नागरिकका लागी शोधको थलो बन्यो । चीन,युरोप,एवम अफ्रिका लगायतका मुलुकबाट कम्युनिष्ट सुभेच्छुकहरु माओवादी जनयुद्धलाई नजिकबाट नियाल्न र मौन समर्थनका लागी आउनेको होडवाजी नै चल्यो ।यसर्थ विश्वले जानेको नेपाली माओवादी र यसको उद्गम स्थल रोल्पाका विभिन्न स्थानहरुलाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरेमा पक्कै पनि माओवादी जनयुद्धले एउटा सम्मान पाउने छ जसको नेपाली अर्थतन्त्रलाई समेत बलियो वनाउन योगदान पुराउने अपेक्षा गर्न सकिन्छ । जो अमेरिकी नागरिक भएर पनि आफ्नो ज्यानको प्रवाह नगरी नेपाली भूमिमा आएर नेपाली माओवादी आन्दोलन र जनयुद्धलाई विश्वव्यापीकरण गर्दै एउटा उचाईमा पुराई जनयुद्धको आधार ईलाका एवम उद्गम स्थल रोल्पामा अमेरिकी पत्रकार लि.अनेस्टो पार्क स्थापना गर्न सकेमा अमेरिकाका लगायत विश्वका लाखै नागरिक अवश्य भ्रमणमा आउने ठोकुवा गर्न सकिन्छ जसको प्रत्यक्ष फाईदा रोल्पाली नागरिकले लिन सक्ने छन । जुन नेपाली अर्थतन्त्रका लागी दुहुनो गाई सरह हुनेछ । यसमा नेतृत्वले विषेश ख्याल गर्न आवश्यक ठान्दछु । जनयुद्ध नेपाली क्रान्तिको लागी चुनौती र अवसर थियो ।  धेरै चुनौतिहरु पार भए केहि चुनौतिहरुसंग लडाई गरिरहनु परेको अवस्था विधमान छ भने अवसरहरु थुप्र्र प्राप्त भएका छन । यस्ता अवसरहरुलाई संस्थागत गनु नेपाल कम्युनिष्ट पार्टीको जिम्मेबारी र नेपाली जनयुद्ध प्रतिको सम्मान हो  । तत्कालिन सरकार तथा विद्रोही शक्ति माओवादीद्धारा अपहरण तथा वेपत्ता पारिएका नेपाली नागरिकको सार्वजनिकीकरण गर्नु र उक्त दश बर्षे जनयुद्धमा भएका घटनाका विचाराधिन मुद्धाहरुको सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत व्यवस्थापन गर्दै राजनितिलाई विकासको पथमा उभ्याउनु आवश्यक छ । वर्गिय,जातिय,धार्मिक,लैङ्गिक,एवम क्षेत्रिय समानताको लागी सशस्त्र संघर्षको माध्यमबाट नेपालमा राजतन्त्रको जरो मास्दै धार्मिक सहिष्णुता कायम गर्न धर्म निर्पेक्षता,जातिय विभेद अन्त्यका लागी समावेशी एवम समानुपातिक प्रतिनिधित्वको व्यवस्था ,राजतन्त्रको विकल्पको रुपमा गणतन्त्र घोषणा स्थापना गर्दै संविधान सभाको माध्यमबाट नेपालको संविधान निर्माण गर्दै,  संविधानमा नै संघिय गणतान्त्रिक नेपालको व्यवस्था गर्दै नेपालमा स्थानिय सरकार ,प्रदेश सरकार तथा संघिय सरकार सहीत तिन तहको सरकार ल्याउने प्रमुख मेरुदण्ड नै  दश बर्षे जनयुद्ध हो ।  जनयुद्धकै बलमा स्थापित सँघियता,समावेशीता,धर्मनिपेक्षता,गणतन्त्रता लगायतका उपलब्धिहरुको रक्षा गर्दै नेपालको दीगो विकास र समृद्धीका लागी बैषाख ३० गते हुने स्थानीय निकायको निर्बाचनमा नेपाल कम्युनिष्ट पार्टी(माओबादी केन्द्र)लाई जिताउनुको विकल्प छैन ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.