ट्रकमा लैजाँदै गरेकाे ९० किलाे गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

41

काठमाण्डाै । मकवानपुरकाे मनहरी गाउँपालिकामा प्रहरीले ट्रकमा ल्याउँदै गरेकाे ९० किलाे गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेकाे छ ।

हिजाे साँझ ५ बजे चितवनबाट मनहरीतर्फ आउँदै गरेकाे BR-25GA3092 भारतीय नम्बर प्लेट भएकाे ट्रकलाई जाँच गर्ने क्रममा ट्रककाे क्याबिनकाे भागमा फल्स बटन बनाइ लुकाएर राखेकाे अवस्थामा ९० किलाे गाँजा फेला पारेकाे इलाका प्रहरी कार्यालय मनहरीले जनाएकाे छ । प्रहरीका अनुसार ट्रकका चालक पनि भारतीय नागरिक हुन् । ट्रक चालक मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय असगर अलीलाई गाँजा र ट्रक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । उज्यालो साभार

 

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.