नायक पल शाहविरुद्धको अनुसन्धान सकियो

75

काठमाडौँ । नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नायक पल शाहविरुद्धको अनुसन्धान सकिएको छ ।अनुसन्धान सकेपछि रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ । प्रहरीले २१ दिन लामो अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन पेस गरेको हो । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि शाहविरुद्ध गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.