नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रस्ताव पेस भएको छ । कपिलवस्तुमा सुरु भएको बैठकमा महासचिव विप्लवले राजनीतिक प्रस्ताव पेस गरेका हुन् । स्थानीय तह निर्वाचनमा सहभागी हुने वा बहिष्कार गर्ने भन्नेबारे बैठकले निर्णय गर्नेछ । महासचिव विप्लवले पेस गरेको प्रस्ताव अध्ययनका लागि केन्द्रीय सदस्यहरूलाई वितरण गरिएको नेता धर्वेन्द्र बाँस्तोलाले बताए । ‘बैठकमा महासचिव कमरेडले पेस गरेको प्रस्ताव अध्ययनका लागि केन्द्रीय सदस्यहरूलाई दिइएको छ । शनिबार पुन: बैठक बस्नेछ,’ उनले भने, ‘शनिबारको बैठकमा महासचिवको प्रस्तावबारे केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यसूची छ ।’