खुट्टाको अप्रेसन गर्दा एकजनाको मृत्यु भएपछि ,बुटवलको तिनाउ अस्पताल घेराउ

45

बुटवल। बुटवलको तिनाउ इन्टरनेसनल अस्पतालमा खुट्टाको अप्रेसन गर्दा एकजनाको मृत्यु भएपछि आफन्तहरुले डाक्टरको लापरवाही भएको भन्दै अस्पताल घेराउ तथा नाराबाजी गरेका छन् ।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–११ भगजोगनीका ४२ वर्षीय ताराप्रसाद चौधरीको देब्रे खुट्टाको अप्रेसनका क्रममा बुधबार बिहान मृत्यु भएको हो । अस्पतालका डाक्टरको लापरवाहीले ताराप्रसादको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले घटनाको छानवीन, दोषीलाई कारवाही र क्षतिपुर्तिको माग गर्दै अस्पताल घेराउ गरेका हुन् । मृतकका आफन्तले माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।

सोमबार अस्पताल भर्ना भएका चौधरीलाई मंगलबार सांझ साढे ५ बजेपछि शल्यक्रिया कक्षमा लगिएको थियो । ताराप्रसादको डा। योगेन्द्र अग्रहरी नेतृत्वको टिमले शल्यक्रिया गरेका हुन् । ३–४ घण्टामा अप्रेसन सकिन्छ भनिएको तर राति ११ बजे मात्रै अप्रेसन थियटरबाट निकालेर आईसीयूमा लैजान खोजेपछि शंका लागेर सोध्दा अवस्था नर्मल छ आत्तिनुपर्दै भनेका र फेरि ५ बजेतिर बोलाएर अवस्था सिरियस छ भेन्टिलेटरमा राखेर हेरौं भनेको केहीबेरमै मामाको मृत्यु भएको हेमलालले बताए । ४ वर्ष अघि दुर्घटनामा खुट्टा भांचिएकाले ताराप्रसादको खुट्टामा रड राखिएकोमा रडको नट भांचिएपछि अप्रेसन गर्न भर्ना भएका थिए । उपचार अघि गरिएको एक्सरेमा रड भांचिएको नदेखिएको तर पछि रड भांचिएको भनिएको हेमलालले बताए । घटना बारे बुझ्नका लागि अस्पतालका अध्यक्ष चिरञ्जिवी जोशीसँग कुरा गर्दा अस्पतालका डाक्टर योगेन्द्र अग्रहरीसँग कुरा गर्न भने पनि उनको फोन भने उठेन । उपचारमा संलग्न चिकित्सकहरुलाई उदृढ गर्दै अध्यक्ष जोशीले ग्लोबल आवाजसँग भने (‘बिरामीको ५ घण्टा लामो अप्रेसन गरिएको थियो । अप्रेस गर्दा उनको स्वास्थ्य अवस्था सामन्य नै थियो । पछि उनलाई आइसीयूमा राखियो । एक्कासी रक्तचाप घटेपछि प्रयास गर्दागर्दै पनि बचाउन नसकिएको हो ।’ घटना बारे थप जानकारी चिकित्सकहरुलाई नै जानकारी भएको अध्यक्ष जोशीले जनाए । अस्पतालमा सुरक्षाका लागि प्रहरी तैनाथ गरिएको छ ।

Leave A Reply

Your email address will not be published.