१२ औँ कपिलवस्तु महोत्सवमा दर्शकलाई शुद्ध पिउने पानी र प्राथमिक उपचार निःशुल्क

19
biddhut

कपिलवस्तु ।भोलिदेखि सुरु भई चैत्र १३ गतेसम्म बाणगंगाको बुद्ध रंगशालामा लाग्ने १२ औँ कपिलवस्तु महोत्सव, कृषि, पर्यटन एवम् औद्योगिक प्रदर्शनीमा आउने दर्शकहरुको लागि निःशुल्क शुद्ध पिउने पानी र प्राथमिक उपचारको ब्यवस्था हुने भएको छ । गर्मी मौसममा महोत्सव हुन लागेकाले दर्शकको स्वास्थ्य सुविधालाई मध्यनजर गर्दै निशुल्क शुद्ध खानेपानी र प्राथमिक उपचारको ब्यवस्था गरिन लागेको हो । महोत्सवका संयोजक एवम् आयोजक कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले शुद्ध खानेपानीको लागि गजेहडा बाणगंगा भुपुसैनिक र बाणगंगा खानेपानी संस्थानसंग कुरा भइसकेको जानकारी दिनुभयो । यस क्षेत्रमा शुद्ध खानेपानी प्रदायक संस्थाको रुपमा ती खानेपानी संस्था छन् । दर्शक भीँड हुने र आवतजावत गर्ने ठाउँमा खानेपानीका ट्याङ्की रहने छन् । त्यहाँ दर्शकले आफ्नो सुविधा अनुकुल खानेपानी भरेर पिउन सक्ने छन् ।

साथै आयोजकका स्वयम् सेवक पनि सेवाको लागि फिल्डमा खटिने उहाँले बताउनु भयो । धेरै गर्मी हुने भएकाले यस पटक निशुल्क रुपमा शुद्ध खानेपानी वितरण गर्न लागिएको हो । उहाँले भन्नुभयो ‘हुनेखानेले त जतिपटक पनि बोतलको पानी किनेर खान सक्नुहोला तर यहाँ कतिपय दर्शक पिउने पानी किन्न नसक्ने पनि हुनुहुन्छ । दिनभरको बसाईमा समस्या नहोओस् भनेर सबैलाई न्याय हुने गरी यो सुविधा दिन लागेका छौँ ।’

साथै महोत्सवमा निशुल्क प्राथमिक उपचारको पनि ब्यवस्था गरिएको छ । महोत्सव अवलोकन गर्न आएका दर्शकलाई हुने सामान्य स्वास्थ्य समस्या समाधानको लागि कपिलवस्तु सामुदायिक अस्पताल र अरु नीजि अस्पतालसंग पनि कुरा भइसकेको महोत्सव निर्देशक एवम् संघका वरिष्ठ उपाध्यक्ष छविलाल रेश्मीले जानकारी दिनुभयो । महोत्सव हेर्न आउँदा कुनै समस्या भएमा सचिवालयमा सम्पर्क गर्न महासचिव मनोज पौडेलले सबैलाई आग्रह गर्नु भयो ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.