एमाले लोकतन्त्रलाई कमजोर बनाउने पार्टी भएको : मुख्यमन्त्री केसी

51

बुटवल  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले एमाले लोकतन्त्रलाई कमजोर बनाउने पार्टी भएको आरोप लगाएका छन् । उनले प्रमुख विपक्षी दल एमालेले संसद चल्न नदिएर लोकतन्त्र विरोधी काम गरेको बताए । आइतबार बुटवलमा हाट बजार व्यावसायी संघ रुपन्देहीको १६ औं साधारण सभा तथा ९ औं अधिवेशनलाई सम्वोधन गर्दै मुख्यमन्त्री एमालेलाई लक्षित गर्दै उनले अदालतमा विचाराधीन मुद्धा निकालेर देशलाई बन्धकी राखेको आरोप लगाए ।

एमालेले लोकतान्त्रिक संस्कार बिर्सेर जनताको आवाज उठाउने संसदलाई बन्धक बनाएको भन्दै उनले त्यसको हिसाव किताब जनताले चुनावमा देखाउने बताए ।  लुम्बिनी प्रदेश सरकारले जनअपेक्षा अनुरुप काम गरेको भन्दै उनले पूँजीगत खर्च, राजश्व संकलन लगायतका कुरामा सरकार सक्रिय रहेको बताए ।

Leave A Reply

Your email address will not be published.