तौलिहवा–गोरुसिंगे सडकमा सार्बजनिक यातायात नियमित नंहुदा यात्रुलाई सास्ती

18
biddhut

बसन्त बन्जाडे, तौहिलवा । 
कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा देखी गोरुसिंगे सडक खण्डमा नियमित रुपमा सार्बजनिक यात्रुबाहाक यातायातका सवारी साधन नचल्दा यात्रुहरुले दैनक दुःखः कष्टहरु झेल्दै आई रहेका छन् ।
तौलिहवा देखी गोरुसिंगेको सडक खण्डमा निजि, सरकारी तथा मालाबाहाक सबारी साधनहरु हुईकेता पनि सार्बजनिक यात्रुबाहक यातायातका सवारी साधनहरु भने नियमित हुन सकेका छैनन् । जस्ले गर्दा यात्रुहरुले अनेकन समस्याहरु झल्दै आएका छन् । सार्बजनिक यातायातका साधनहरु नियमित रुपमा संचालनमा नआउदा यात्रुहरुले तौलिहवा, गोरुसिंगे १३ किलोमिटर सडक यात्रा गरे बापत अटो एंव ई रेक्साहरुलाई ५ सय रुपैया तिर्न बाध्य भएका छन्, भने केही यात्रुहरुलाई चोकमा डिउटीमा खटिएका प्रहरीहरुलाई हार गुहार गरेर टिप्पर रोकाएर टिप्परहरुमा बसेर जान बाध्य छन् । तौलिहवाको भिक्षुचोकका मदिरा व्यवसायी बलाराम घिमिरे भन्छन्  ‘सरोकारवालाको वेवास्थाका कारण सार्वजनिक यातायातका सवारीहरु नचल्दा तौलिहवा देखी गोरु सिंगे हुंदै पत्थरकोट लगायतका स्थानमा जाने यात्रीहरुले तौलिहवा देखी गोरुसिंगे पुग्नको लागि ई रेक्सा वा अटोलाई ५ सय रुपैया तिरेर जान बाध्य भई रहेका छन् ।’ उनि भन्छन्, ‘कतिले टिप्परमा यात्रा गरेको देखिन्छ तर अधिंकासलाई टिप्परले रोक्दैनन् त्यस पछि बाध्य भएर ५ सय रुपैया तिरेर अटोमा जान्छन ।’
सुरक्षाको दृष्ट्रिकोणले पनि माहालबाहाक गाडीमा यात्रा गर्न यात्रुहरुलाई उपयुक्त नहुने भिक्षु चोककै बिजय शर्मा बताउछन् । उनि भन्छन् ‘टिप्पर लगायतका मालबाहाक सबारी साधानहरुको आफ्नै गति हुन्छ । चालक, सहचालहरु पनि यात्रु मैत्री हुन सक्दैनन् त्यसैले माहालबाहाक गाडीमा यात्रा गर्न सुरक्षित हुदैन ।’
गोरुसिंगे तौलिहवा सडक खण्डमा दिनमा दुई वटा सार्वजनिक यातायाताका यात्रुबाहाक सवारीहरु आवात जावात गर्ने गरेता पनि यात्रुहरुलाई यस बारे पनि खासै जानकारी नहुंदा  समस्या भएको यातायात व्यवसायीहरु बताउछन् । व्ययसायीहरुका अनुसार उक्त सडक खण्ड अन्तरगत बिहान ८ बजे पत्थरकोट देखी तौलिहवाको लागि बुटवल यातायातको एउटा जिप छुटेर दिनको २ बजे फिर्ता हुन्छ । अर्को कपिलवस्तु यातायातको जिप बिहान ८ बजे तौलिहवा देखी गोरुसिंगे पुगेर ९ बजे फर्कने गरेको छ ।
यातायात व्यवसायीहरुले नियमित रुपमा खुनुवा, मर्यादपुर बजार देखी गोरुसिंगे, पत्थरकोट सम्मको लागि सार्बजनिक यातायातका साधनहरु नियमित संचालन गर्न खोजेता व्यसायी समितिहरुको अघोषित सेन्डिकेटका कारण गाडी चलाउन नसकिएको केही यातायात व्यवसायीहरु बताउछन् । एक यातायात व्यवसायी भन्छन मैले चलाउछु भनेर हुदैन,  बिभिन्न प्रकारका अप्ठ्याराहरु छन् । उनले  भने ‘सबै सरोकारवाहरु बिच छलफल गरेर खुनुवा, मर्यादपुर, ताैलिहवा, गोरूसिंगे हुदै पत्थरकोट सम्मको रुटमा गाडी संचालन गर्न सके यात्रुलाई पनि सहज र यातायात व्यवसायीहरु मर्कामा पर्दैनन् ।
यस रुटमा गाडीहरु नियमित संचालनमा आएमा आउदा यात्रीहरुले सहज, सरल र सस्तो भाडामा यात्रा गर्न पाउनुका साथै पत्थरकोट, अर्घाखाँचीको तल्लो भेग एंव बुद्धभूमी नगरपालिका देखी कृष्णनगर, बढ्नी बजार गर्न पुग्ने मानिसहरु पनि तौहिलवा, खुनुवा बजार गर्न आउने व्यवसायीहरु बताउछन् ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.