कपिलबस्तु । कपिलवस्तुको ओदारीमा हिजो भएको दुर्घटनाको विषयलाई लिएर आक्रोशित स्थानियले बन्द गरेको सड्क खुलेको छ । दुर्घटना मा ज्यान गुमाएका मगरका परिवारलाई उचित क्षतीपुर्ति , ड्राईभरलाई लार्पवाही बापतको कडा कार्वाही , ओदारी प्रहरी विटका प्रमुख परिवर्तन , प्रत्यक्षदर्शीको भनाई र मृतक घट्नास्थल अनुसार करिव ८० मिटर घिसारे र ज्यान गएको हुदाँ सजाय हदै सम्मको हुनुपर्ने लिखित सम्झौतापछी सड्क खुलेको र स्थिति सामान्य बनेको छ ।
तौलिहवाबाट काठमाण्डौ जाँदै गरेको भारतिय नम्बरको आइसर ट्रकले विपरित दिशाबाट ओदारी मर्थी आउदै गरेको अटोलाई ठक्कर दिदा १ जनाको बाणगंगा ११ का अनिल मगरको ज्यान गएको थियो । ट्रक ड्राईभरको लार्पवाहीका कारण ज्यान गएको भन्दै स्थानियले हिजोदेखि नै सड्कमा टायर बालेर सड्क अवरुद्ध गराएका थिए । भने हिजो ओदारीमा रहेको प्रहरी विटमा तोड्फोड समेत गरेका थिए ।
बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु, वडा नं ११ का वडाध्यक्ष सोमनाथ अर्याल, पत्रकार, स्थानिय बुद्धिजिवि पिडितका बुवा आमा आफन्त छिमेकि स्थानिय लगाएतको छलफल पछी ८ बुँदे सहमती गरि सड्क खुलाईएको र पिडितलाई न्यायका लागि लागिपर्ने वडाध्यक्ष अर्यालले बताए ।