ललितपुरमा दुई दिनको शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु

73

काठमाण्डाै । ललितपुरमा एकै परिवारका पाँच जना मृत भेटिएका छन् । अर्का एक जना भने बेहोस छन्। ललितपुरको कोञ्ज्याेसाेम गाउँपालिका-४ नल्लुकी काइली स्याङ्तान, उहाँकी बुहारी शुष्मा, नाति आशिष र नातिनी आश्मा र दुई दिनुको शिशुको ज्यान गएको ललितपुर प्रहरीले जनाएको छ ।

बेहोस अवस्थामा भेटिएका एक जनाको उपचार भइरहेको छ । प्रहरी परिसर ललितपुरका अनुसार बिहान अबेरसम्म उनीहरु नउठेपछि छिमेकी घरमा हेर्न गएका थिए । तर, उनीहरु बेहोस अवस्थामा रहेको देखेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । घटना के कारणले भयो भन्नेबारे केही खुलेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कोञ्ज्याेसाेम गाउँपालिकाका अध्यक्ष गोपीलाल सिंतानले पनि घटना के कारणले भयो भन्नेबारे केही थाहा नभएको बताउनु भएको छ ।

 

 

Leave A Reply

Your email address will not be published.