एमालेले आफ्नो गढ दाबी गर्दै आएको बुटवलको खानेपानी संस्थाको चुनावमा सत्ता गठबन्धनको प्यानलै विजयी

37
biddhut

बुटवल । एमालेले आफ्नो गढ दाबी गर्दै आएको बुटवलको एक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चुनावमा एमाले इतरको गठबन्धनको प्यानलै विजयी भएको छ । बुटवल-११ को मजुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अधिवेशनबाट माओवादी केन्द्रको नेतृत्वमा रहेको नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), विप्लव नेतृत्वको नेकपा र वामदेव गौतम निकटको समूहको प्यानलले एमालेलाई क्लीन स्वीप गरेको हो ।

dengu 3 1

गठबन्धनको तर्फबाट अध्यक्षमा पूर्णबहादुर परियारले ४०६ मत प्राप्त गर्दै विजयी हुँदा एमालेका प्रकाश श्रेष्ठले २११ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का सिंहबहादुर बोगटीले ३३९ मत प्राप्त गरी विजयी हुँदा एमालेका ज्ञानप्रसाद भण्डारीले २५६ मत प्राप्त गरे । सचिवमा गठबन्धनबाट नेपाली कांग्रेसकी लक्ष्मी कंडेलले एमालेका हुमाकान्त लम्साललाई पराजित गर्दै विजयी भएकी छन् । कंडेलले ३६९ मत प्राप्त गर्दा लम्सालले २२४ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा गठबन्धनकी कमला पाण्डेले ३४८ मत प्राप्त गरी विजयी हुँदा एमालेकी मनकुमारी खत्रीले २४२ मत प्राप्त गरेर पराजित भइन् । यस्तै कार्यसमिति सदस्यमा पनि गठबन्धनका सबै उम्मेदवारले विजयी भएका छन् । सदस्यहरूमा विक्रम गुरुङ, दीपा क्षेत्री, राजकुमारी विश्वकर्मा, रोशन केसी, भोजबहादुर पोख्रेल, हर्क जिसी र रनबहादुर गुरुङले फराकिलो मतान्तरले विजयी भएका छन् ।

करिब ९ सय मतदाता रहेको चुनावमा ६८८ मत खसेको निर्वाचन अधिकृत बलराम नयौपानेले जानकारी दिए । बुटवल उपमहानगरपालिकाको वडा नंं. ११ को नगरको सबैभन्दा धेरै मतदाता भएको वडा हो । यसअघि वडा नंं २ को टोलको चुनावमा पनि एमालेलाई हराउँदै माओवादीसहितको गठबन्धन विजयी भएको थियो ।सामान्य संस्थादेखि सबै ठाउँमा चुनावी प्रतिस्पर्धा हुँदा बुटवलमा एमालेको उपस्थिति कम हुँदै गएको देखिन्छ । एमालेबाट विभाजन भई बनेको नेकपा (एकीकृत समाजवादी)को समेत वडा तहमा संगठन बनेपछि एमालेलाई आउँदो स्थानीय तह चुनावमा चुनौती हुने आंकलन हुन थालेको छ । यसअघि देवदह खानेपानी संस्थाको चुनावमा भने सत्ता गठबन्धनसहित ६ दलको प्यानललाई एमालेले पराजित गरेको थियो । स्थानीय निर्वाचन नजिकिंदै गर्दा खानेपानी, विद्यालय व्यवस्थापन समितिलगायतका संस्थाका चुनावलाई दलहरूले प्रतिष्ठाको विषय बनाउँदै मिनि चुनावको झल्को दिने गरेका छन् ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.