रुपन्देही जिल्लामा आयोजित कञ्चन गोल्ड कपको उपाधि कपिलवस्तुलाई

39
biddhut

रुपन्देही जिल्लामा आयोजित कञ्चन गोल्ड कपको उपाधि कपिलवस्तु (११) ले जितेको छ । आज भएको फाइनल खेलमा कपिलवस्तु (११) ले रुपन्देहीको डिएमसि तुल्सीपुरलाई २ का बिरुद्ध १ गोलले हराएको हो । कपिलवस्तुका लागी रोशन सेन र सञ्जु सेनले १, १ गोल गरेका थिए । खेलमा ८ वटा समुहको सहभागीता रहेको थियो ।हिमालय सामुदायिक बिकास केन्द्र कञ्चन गाउपालिका रुपन्देहीको आयोजनामा सम्पन्न  भएको थियो । फाइनलमा बिजयी भएकासगैँ कपिलवस्तु (११) ले नगद १ लाख ५१ हजार शिल्ड र मेडल जित्न सफल भएको छ । कञ्चन ७ डियोमा भएको खेलमा बिजयी भएपछि कपिलवस्तु (११) का अध्यक्ष तथा कपिलवस्तु एन्फाका अध्यक्ष तिलक थापाले खेलाडीहरुलाई बधाईसगै थप सफलताको शुभकामना दिएका थिए ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.