चेतरादेहीमा राष्ट्रिय/अन्तराष्ट्रिय बिज्ञ टोलीद्धारा पहिलो पटक उत्खनन र अन्वेशषण सुरु

54

ताैलिहवा । कपिलवस्तुको बुद्धभुमी नगरपालिका– १० स्थित चेतरादेहीकोटमा उत्खनन र अन्वेशषण सुरु गरिएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय बिज्ञहरुको टोलीले चेतरादेहीको ऐतिहासिक कुरा पत्ता लगाउन उत्खनन, अनुसंधान थालेको हो । बेलायतको दुर्हम बिश्व बिद्यालय, पुरातत्ब बिभाग र लुम्बिनी बिकास कोषका बिज्ञ तथा पुरातत्वबिद्को टोलीले शुक्रवार देखि बिधिवत रुपमा कार्य सुरु गरेका हुन ।
अत्याधुनिक प्रबिधिका उपकरण प्रयोग गरेर पुरातात्बिक मुल्य मान्यता अनुसार उत्खनन् थालिएको हो । बिश्व संपदा सुचीमा सुचीकृत गर्ने प्रकृयामा रहेको तिलौराकोटालई बल पुग्ने गरी चेतरादेहीमा अध्ययन र अनुसंधा थालिएको पुरातत्ब बिभागका बरिष्ठ पुरातत्व अधिकृत राम बहादुर कुवरले बताए । बिभागको स्वामित्वमा रहेको ५ बिघा क्षेत्र भित्र पर्ने २ वटा स्थानमा उत्खनन गरी अनुसंधान थालेको उनले बताए । केही बर्ष पहिले चेतरदेहीमा गरिएको भु–भौतिक सर्वेक्षणलको क्रममा त्यहा पर्खाल लागयतका संरचना रहेको देखाएको थियो । ‘ चेतरादेहीमा  रहेको संरचनाको अवस्था र सबै खाले अध्ययनकालागि उत्खनन र अन्वेशषण गरेका हौ ’ कुवरले भने । विकासक्रम बारे जानकारी लिएर वरिवरि रहेको क्षेत्रको अन्वेशषण गरेनछ । फेला पािरएक बुस्तुहरुको बिश्लेषण गरिेनेछ । उक्त क्षेत्रमा रहेका अमुर्त सास्कृतिक संपदाको समेत अध्ययन गरिने कुवरले बताए । यो अनुसंधानले भबिष्यमा यस क्षेत्रमा रहेको संरचनाहरुको संरक्षण र ब्यवस्थापनलाई टेवा पुग्ने बिज्ञ कोष प्रसाद आचार्यले बताए । ‘ अहिलेको अनुसंधानले चेतरादेहीकाे कालक्रम र विकासक्रमको तिथि मिति समेत निर्धारण हुनेछ ’ उनले भने । यस अघि यहा भारतीय पुरातत्वबिद पिसि मुकर्जीले सन १८९१ मा र अर्काभारतीय पुरातत्व बिद देवला मित्रले १९६२ मा केही भाग उत्खनन र अनुसंधान गरेका थिए । थिए । पुरात्वबिद अनुसार भगवन बुद्धका पिता राजा शुद्धोधनको दरबारको टेम्पल साईटकोरुपमा चेतरादेही रहेको मानिन्छ ।
प्रमाणहरुको नमुना संकलन, बैज्ञानिक परिक्षण, मिति निर्धारण, ऐतिहासिक पक्षको अहिलेको अनुसंधानमा जानकारी लिईने छ । बिभाग र कोषले सन २०१२ देखि तिलौकोट र त्यस आसपासमा उत्खनन र अनुसंधानको कार्य थालेको थियो ।अहिले सम्मको अध्ययनले तिलौराकोटको पहिचान स्थातिप गराउन धेरै मद्दत मिलेको पुरात्वद तथा उत्खनन परियोजनाका सह संयोजक कोष प्रसाद आचार्यले बताए । तिलौराकोट भित्र र बाहिर गरिएको बैज्ञानिक अध्ययनबाट निकै उपलब्धी मिलेको उनले बताए । ‘ तिलौराकोटमा भेटिएका पुरातात्विक बस्तुहरुले यसको ऐतिहासिक प्रमाणिकताको क्रमशः पुष्टी हुदै गएको छ ’ उनले भने । चेतरादेहीमा गरिएको अध्ययनले समेत तिलाैराकोटालाइ नै बल मिल्ने उनले बताए । ‘ तिलौराकोट र त्यस वरिपरि पुरै ऐतिहासिक प्रमाणहरुले भरिएका छन, अध्ययनने धमाधम पुष्टी हुदै गएको छ ’ दुर्हम बिश्व बिद्यालयका प्रोफेसर रबिन कनिङघमले भने ‘ चेतरादेहीमा  सुरु गरिएको अनुसंधानले समेत हामी उत्साही छौ ’ । टोलीमा दुर्हमा बिश्व बिद्यालयका ८, बिभागका ४ , एक जना बिज्ञ, कोषका २ लागयत गरी २० जनको बढीको टोली सहभागी छन । उत्खनन कार्य २४ दिन सम्म चल्ने छ । बुद्धभूमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले चेतरादेहीकाेटमा अहिलेको टोलीले गरेको अनुसंधानबाट ऐतिहासिकता प्रमाणित हुने बताए । उनले चेतरादेही क्षेत्रको विकासकालागि आफुले सहकार्य र समन्वय गर्न तयार रहेको बताए ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.