काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर नयाँ मूल्य कायम गरेको हो ।
निगमका अनुसार स्थानीय बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५० रुपैयाँ पुगेको छ । यससँगै डिजेलको मूल्य प्रतिलिटर १ सय ३३ रुपैयाँ कायम गरेको छ । इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले फेरि पेट्रोल र डिजेलको मूल्य बढाएको छ । यस्तै मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३३ रुपैयाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ तोकिएको आयल निगमले जनाएको छ ।