पोखरीमा डुबेको अवस्थामा गुल्मीमा एक महिलाको शव भेटियो

48

गुल्मीमा पोखरीमा डुबेको अवस्थामा महिलाको शव भेटिएको छ । जिल्लाको मुसिकोट नगरपालिका-५ बरारुख भन्ने स्थानमा पोखरीमा डुबेको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपलाचन्द्र भट्टराईले बताए ।

एसपी भट्टराईका अनुसार बिहीबार बिहान सार्वजनिक पोखरीमा अन्दाजी ६७/६८ वर्षीया महिला डुवको अवस्थामा भेटिएको हो । मृत अवस्थामा भेटिएकी महिलाको पहिचाहन हुन बाँकी रहेको प्रहरी उपरिक्षक (एसपी) भट्टराईले बताए । घटनाबारे थप अनुसन्धान भइहेको गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.