खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयद्वारा कपिलवस्तु बजार अनुगमन

49

बजारमा अखाद्य बस्तुको खरिद बिक्री भइरहेको गुनासो बढेपछि खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुले अनुगमन गरेको छ ।  किरना पसलहरुमा अखाद्य बस्तु नबेच्न र होटल तथा चियानास्ता पसलमा सरसफाई बढाउनका साथै बजार नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन गरिएको खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख शिव शंकर मिश्रले बताउनुभयो ।

आज गाउँपालिकको प्रतिनिधि ,प्रहरी प्रशासन र पत्रकार लगायतको टोलीले सिमा सग जोडिएको बजार चाकरचौडामा बजार अनुगमन गरेका छ । उहाँका अनुसार सो क्षेत्रमा एक दर्जन भन्दा बढी होटल, रेष्टुरेण्ट र किरना पसलमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तुहरु सँगै लेबल नभएको वस्तुहरु फेला पारी जफत गरीएको प्रमुख मिश्रले बताउनुभयो ।
अनुगमनको क्रममा घरेलु तथा साना उद्योग कार्यालय कपिलबस्तुका विनय शैनी, मायादेवि गाँउपालिकाका अनिल कुमार चौधरी, पत्रकार, प्रहरी लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.