अवैध रुपमा विदेश लैजान लागेका जापानिज येन मुद्रासहित एक जना पक्राउ

22

काठमाडौं । प्रहरीले अवैध रुपमा विदेश लैजान लागेका जापानिज येन मुद्रासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्रुाउ पर्नेमा स्याङजाको मिर्मी गाउँपालिका-६ पालीचौर घर भएका ४८ वर्षीय रेमशराज भट्टराई रहेका छन् । सिंगापुर एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट सिंगापुर जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान विन्दुमा झोला परीक्षण गर्ने क्रममा पक्राउ गरिएको हो । प्रहरीले उनको झोलाबाट जापनिज येन १५ लाख ९० हजार बरामद गरेको छ । पक्राउ परेका उनलाई आज थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन,ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.