अखिल ( क्रान्तिकारी ) कपिलवस्तुको जिल्ला कार्यालय उद्धाटन तथा निबन्ध प्रतियोगितमा पुरस्कार वितरणका लागी केन्द्री य अध्यक्ष कपिलवस्तु आउने
कपिलवस्तु । अखिल नेपाल राष्ट्रिय स्वतन्त्रत विद्यार्थी यूनियन ( क्रान्तिकारी ) कपिलवस्तुले पुस १८ गते जिल्ला स्तरिय निबन्ध प्रतियोगिता ” प्रचण्ड र सँघिय गणतन्त्र नेपाल” विषय आयाेजना गरेकाे थियाे । यस निबन्ध प्रतियाेगितामा प्रथम ,द्धितिय र तृतिय हुने छात्र ,छात्रालाई पुरस्कार वितरण , अखिल अखिल( क्रान्तिकारी ) कपिलवस्तुकाे जिल्ला कार्यालय उद्घाटन एवम पार्टी तथा सँगठनका कार्यकर्तालाई प्रशिक्षण गर्ने कार्यक्रम २०७८ फाल्गुण २१ गते सनिबार ११ बजे कपिलवस्तु जिल्लाकाे सदरमुकाम ,कपिलवस्तु नगरपालिका वडा न २ जमुवार टाेल ताैलिहवा स्थित तय गरिएको छ ।कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) का लुम्बिनी प्रदेश ईन्चार्ज एवम प्रतिनिधि सभा सदस्य,पुर्व कृषि तथा पशुपँक्षि विकास मन्त्री कमरेड चक्रपाणि खनाल ( बलदेव) प्रमुख अतिथि तथा अखिल ( क्रान्तिकारी ) का केन्द्रीय अध्यक्ष कमरेड पञ्चा सिहँ विशेष उपस्थिति रहने जनाएको छ। कार्यक्रममा अखिल ( क्रान्तिकारी ) का केन्द्रीय नेता नारायण खनाल, प्रदेश अध्यक्ष कमरेड घनश्याम खरेल साथमा जिल्ला तथा प्रदेशका नेता गणहरुकाे समेत विशेष उपस्थिति रहने छ । कार्यक्रममा विभिन्न किसिमका नृत्य गित सँगितद्धारा मनाेरञ्जन पनि गराउने कार्यक्रम रहेकाे छ । जिल्लामा कुनै पनि विद्यार्थी सँगठनका कार्यालयहरु नरहेकाे अवस्थामा यस सँगठनकाे कार्यालय स्थापना पश्चात् अन्यायमा परेका जुनसुकै विद्यार्थी ,वर्ग,समुदायका नागरिकहरुले सामाजिक सेवा तथा लाभ लिन सक्ने विश्वास गरिएको छ । विशेषगरी सरकारी कार्यालयमा हुने ढिलासुस्ती लगायतमा आम नागरिक ,कार्याकर्ता शुभ चिन्तकहरुलाई सहजिकरण गरि सेवामा समर्पित रहेने बताईएको छ ।अध्यक्ष हरिश चन्द्र खनालले विद्यार्थी सँगठनलाई पनि शैक्षिक क्षेत्र सँगसँगै एक सामाजिक सँस्थाकाे रुपमा विकास गरेर आम जनता , कार्यकर्ता एवम शुभ चिन्तकहरुकाे मन जित्दै सँगठन र पार्टीलाई जनस्तरमा लैजाने बताउनु भएको कुरा जिल्ला उपाध्यक्ष एवम प्रवक्ता विजय पाैडेलले बताउनु भयाे ।