कांग्रेस कपिलवस्तु नगर वडा बुथ ईकाई सभापति स्तरीय भेला सम्पन्न

21

तौलिहवा । आसन्न स्थानीय निकायका चुनावलाई लक्षित गरी कांग्रेस कपिलवस्तु नगर समतिले तौलिहवामा वडा बुथ ईकाई सभापति स्तरीय भेला संपन्न गरेको छ ।
भेलाले नगरका सबै १२ वटा वडामा २ देखि ४ वटा सम्म टोल समिति यही फागुन २८ गते सम्म गठन गर्ने निर्णय गरेको नगर अध्यक्ष खुर्सेद अहमद खाँले बताए । यस्तै स्थानीय तहको निर्वाचनमा कांग्रेसको उम्मेदवार छनौटका लागि सिफारिस गरी जिताउने वातावरण तयार गर्ने समेत निर्णय गरिएको छ । यस्तै वडा र नगर बिच समन्वय गरिनु पर्ने र राम्रो उम्मेदवारलाई छनौट गर्न वातावरण तयार गर्नु पर्ने निर्णय गरिएको छ । सो अवसरमा नगर अध्यक्ष खाँले सबैले मिलेर कांग्रेस उम्मेदवारलाई जिताउनु पर्ने बताए । उनले अब सबैले जनताको मन जित्ने काम गर्न पर्ने बताए । खाँको अध्यक्षता र नगेन्द्र यादवको संचानलमा भएको कार्यक्रममा अनन्ता न्यौपाने, माधव पराजुली अनुप कुमार पाण्डेयल लागतयले कांग्रेस उम्मेदवारलाई तिजाउनु पर्नेमा जोड दिए ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.