पाचौ नगरस्तीय मेयर कप क्रिकेट प्रतियोगीता वडा नम्बर २ लाई

18
biddhut

ताैलिहवा । कपिलवस्तु नगरपालिकाद्धारा संचालित पाचौ नगरस्तीय मेयर कप क्रिकेट प्रतियोगीता वडा नम्बर २ ले जितेको छ ।
तौलिहवा स्थित बुद्धपद उमाबिको खेल मैदान संपन्न प्रतियोगीता वडा नम्बर ९ लाई ३ बिकेटले हराउदै वडा नम्बर २ ले लगातार दोश्रो बर्ष पनि कप जितेको हो । जितसंगै कप सहीत नगद ५० हजार उसले हात पार्यो । दोश्रो भएको वडा नम्बर ९ ले कप सहीत नगद ३० हजार पाएको थियो । वडा नम्बर ९ ले दिएको ९७ रनको लक्ष्य १७ दशमलव १ बलमा ७ बिकेटको क्षतिमा वडा नम्बरले लक्ष्य पार गरेको थियो । टस जितेर पहिलो ब्याटीङमा उत्रेको वडा नम्बर ९ निर्धारित २० ओभरमा ९ विकेटका गुमाएर ९६ रन बनाएको थियो । ३८ रन बनाएर उत्कृष्ठ प्रर्दशन गरेका वडा नम्बर २ का जितेन्द्र पाण्डेय मैन अफ द म्यान घोषत भए । यस्तै प्रतियोगीता भर कुल १ सय १२ रन र ८ बिकेट लिएका वडा नम्बर २ कै रामनिवास यादव मैन अफ द सिरिज घोषित भए । उनलाई २ हजार नगद र प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगीतामा ११ वट खेलमा मैन अफ द म्याच भएका ११ खेलाडीलाई नगद १ हजार प्रदान गरिएको थियो । सो अवसरमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य, मेयर किरण सिंहले संयुक्त रुपमा कप, नगद, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए । महामन्त्री आचार्यले क्रिकेट खेलले कपिलवस्तुले बिस्तारै जिल्लाको नाम उचो राख्दै गएको बताए । उनले खेलले आपसमा मैत्रीभाव सहीत लागु औषध जस्तो कुलतमा फसेको युवाहरुलाई प्रोत्साहीत गरेको बताए ।
यस्तै कार्यक्रममा मेयर सिंहले नगरपालिकाले खेल क्षेत्रको विकासलागि सुरुको बर्ष देखि नै प्राथमिकता दिदै आएको बताए । उनले खेलले प्रतिस्पार्धाको साथै नया खेलाडी समेत उत्पादन गर्ने गरेको बताए । मेयर सिंहको अध्यक्षता, बरिष्ठ सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठको संचालनमा भएको कार्यक्रमा कांग्रेस नेता सुधारक पाण्डेय, उप मेयर लक्ष्मी ग्प्ता, कार्यक्रम संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे लगायतले शुभकामन मन्तब्य दिएका थिए ।
कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर २ का अध्यक्ष रामभजन कलवार, ४ का रबिन्द्र तिवारी, ९ का शिव बहादुर वाग्ले, कांग्रेस नगर अध्यक्ष खुर्सेद अहमद खाँ लागतयको सहभागीता रहेको थियो । गत फागुन ९गते देखि प्रतियोगीता सुरु भएको थियो ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.