व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित हुनु पनि एउटा उपलब्धि : प्रचण्ड

17
biddhut

काठमाडौं । एमसिसी व्याख्यात्मक टिप्पणीसहित पारित हुनु पनि एउटा उपलब्धि भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। आज बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले भने, ‘एमसिसी व्याख्यात्मक टिप्पणीसहित पारित हुनु पनि एउटा उपलब्धि हो।’ उनले एमसिसी पारित नगरे प्रतिगमन उल्टने खतरा देखिएको पनि बताएका थिए। बैठकमा सहभागी एक सांसदका अनुसार प्रचण्डले एमसिसी व्याख्यात्मक टिप्पणीसहित पारित हुनु उपलब्धि हो भनेका हुन्।

dengu 3 1

‘यो पारित नगरे प्रतिगमन उल्टने खतरा देखियो,’ प्रचण्डका भनाइ उद्धृत गर्दै माओवादीका एक सांसदले भने, ‘सभामुखलाई महाअभियोग लगाउनेदेखि के के हो के के झन्झटमा फसिने देखियो। त्यही भएर पारित गर्ने अवस्थामा पुग्यौं।’ आज बिहान अध्यक्ष दाहालको निवासमा बसेको पूर्वस्थायी कमिटी बैठकले पनि एमसिसी पारित गर्ने निर्णय गरेको थियो।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.