व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने पार्टीको निर्णयप्रति मेरो गम्भीर असहमति छ :नारायणकाजी

53

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने पार्टीको निर्णयप्रति असहमति राखेका छन् । आज बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको बैठकमा श्रेष्ठसहितका नेताहरुले असहमति जनाएका हुन् । त्यसपछि बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकमा प्रचण्डले एमसीसी व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने जानकारी दिएको र त्यसप्रति आफ्नो आपत्ति रहेको श्रेष्ठले बताए ।

“पाँचदलीय गठबन्धनमा अध्यक्ष क. प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानकारी गराउनुभएको छ । यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ,” उनले ट्विटमा लेखेका छन्, “आज बिहानको पार्टीको छलफलमा मलगायत केही कमरेडहरूले मतभेद राखिसकेका छौँ । यो महाधिवेशनको विरुद्ध छ र गलत छ ।”

Leave A Reply

Your email address will not be published.