कपिलवस्तु । प्रहरीकै मिलोमतोमा सीमा क्षेत्रबाट तस्करी मौलाउदै गएको छ । सीमा क्षेत्रमा रहेका प्रहरी युनिटका ईन्चार्जहरुसंगकै सेटिंगमा यस्तो तस्करी मौलाएको हो । सीमा क्षेत्र मर्यादपुर, रंगपुर, चाकरचौडा, पुन्निहवा, कुशहवा लगायतका प्रहरी चौकी आसपासको क्षेत्रबाट रातको समयमा तस्करीको घटना बढ्दै गएको छ । भारत तर्फबाट अवैध रुपमा कपडा, मेशिनरी पार्टस्, चिनी, चामल, जुत्ता चप्पल लगायतका सामाग्रीहरु सदरमुकाम तौलिहवा र आसपासका बजारहरु आउने गरेको छ । सीमा क्षेत्रका प्रहरी युनिटका ईन्चार्जहरु र प्रहरी घुमुवाहरुकै सेटिंगमा यस्तो अवैध धन्धा फस्टाएको हो ।
घरायसी कामकाज तथा विवहावारीमा आवश्यक सामाग्रीहरु सीमा नजिकको भारतीय बजारबाट ल्याउदा निकै सोधपुछ र नियम कानुनको कुरा गर्ने प्रहरीहरु सेटिंगमा तस्करी भएर सामान भित्रदा प्राय मौन बस्ने गरेका छन् । प्रहरी प्रमुख सम्मलाई पुर्याउनु पर्ने भन्दै प्रहरीका घुमुवाहरुले सीमा क्षेत्रबाट तस्करी गर्ने कारोवारीहरु संग मासिक रुपमै रकम असुल गर्दै आएका छन् । जिल्ला सदरमुकाम तौलिहवा र आसपासका बजारहरुमा अवैध रुपमा तस्करीबाटै कपडा, जुत्ता चप्पल, चिनी लगायतका बस्तुहरु भित्रने गरेको छ ।
प्रस्तुत : साझा न्यूज साभार