जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै, एमसिसीबारे आधिकारिक धारणा बनाउने

72

काठमाडौं ।, सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दैछ। बालकुमारीमा बिहान ११ बजे देखि सुरू हुने बैठकले संसदमा पेश भएको अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) का विषयमा पार्टीको धारणा बनाउनेछ। जसपाले एमसिसीबारे औपचारिक धारणा अहिलेसम्म सार्वजनिक गरेको छैन। पार्टीभित्र अध्यक्ष उपेन्द्र यादवले प्रचण्डलाई साथ दिएका छन् भने बाबुराम भट्टराई एमसिसी पास गर्नुपर्ने बताउँदै आएका छन्। पार्टी भित्रै विभाजित भएपछि एमसिसीबारे पार्टीको आधिकारिक धारणा बनाउन कार्याकारिणी समितिको बैठक डाकिएको हो।

जसपाका प्रमुख सचेतक प्रमोद साहका अनुसार आजको कार्यकारिणी बैठकले निर्णय गरेपछि मात्र पार्टीको एमसिसीबारे आधिकारीक धारणा आउँछ,अहिलेसम्म ज-जसले जे बोलिरहनुभएको छ। ती सबै व्यक्तिगत धारणा मात्र हुन्। ‘एमसिसीमा हामीले अहिलेसम्म निर्णय गरेका छैनौं। संसदमा ल्याउने र दर्ता गर्नेमा पनि हाम्रो भूमिका छैन। अरू पार्टी कसरी अगाडि बढ्छन् भन्ने मुख्य कुरा हो। यसको आधिकारिक धारणा हाम्रो कार्याकारीणी बैठकले गर्छ’, साहले भने।

Leave A Reply

Your email address will not be published.